सिरहा । सिरहाको गोलबजार नगरपालिका–१० स्थित घुर्मी नदी किनारको झाडीमा फालिएको अवस्थामा एक नवजात बालिका शिशु जीवितै उद्धार गरिएको छ।
स्थानीयले झाडीभित्र रोइरहेको आवाज सुनेपछि तत्काल वडा अध्यक्ष उपेन्द्र मुखिया र इलाका प्रहरी कार्यालय गोलबजारलाई जानकारी दिएका थिए।
सूचना पाएलगत्तै प्रहरी निरीक्षक गोबिन्द प्रसाद साहको नेतृत्वमा पुगेको टोलीले वडाध्यक्ष मुखियाको सहयोगमा शिशुलाई सुरक्षित रूपमा उद्धार गरी उपचारका लागि वर्धमान अस्पताल, गोलबजार पुर्याएको हो।
अस्पतालका अनुसार शिशुको स्वास्थ्य अवस्था हाल सामान्य रहेको र आवश्यक उपचार भइरहेको जनाइएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस



