Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

सगरमाथा स्कुलमा विद्यार्थी नेतृत्व विकास कार्यक्रम, जिम्मेवारीसहित ब्याच वितरण

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ असार ९,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन र सेवाभावको विकास गर्ने उद्देश्यले वीरगन्ज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुल मा ‘ब्याच वितरण कार्यक्रम–२०८३’ सम्पन्न भएको छ।

नेशनल प्याब्सन वीरगन्ज नगर अध्यक्ष तथा विद्यालयका संस्थापक जियालाल गुप्ता को अध्यक्षतामा आयोजित कार्यक्रममा कौशल श्रीवास्तव प्रमुख अतिथि रहेका थिए।

कार्यक्रममा विद्यालयका हेड ब्वाय, हेड गर्ल, विभिन्न हाउसका क्याप्टेन तथा उपक्याप्टेन, साथै कक्षा १ देखि १० सम्मका कक्षा मनिटरहरूलाई नेतृत्व र जिम्मेवारीको प्रतीकस्वरूप ब्याच, टाई तथा ब्यानर वितरण गरिएको विद्यालयले जनाएको छ।

सो अवसरमा अध्यक्ष गुप्ताले नेतृत्व भनेको पद प्राप्त गर्नु मात्र नभई जिम्मेवारी, अनुशासन, सेवा र समर्पणको अभ्यास भएको बताए। उनले विद्यार्थीहरूलाई आफूलाई सुम्पिएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्दै विद्यालय र समाजका लागि उदाहरणीय बन्न आग्रह गरे।

“आजका विद्यार्थी नै भोलिका सक्षम नागरिक र राष्ट्रनिर्माता हुन्। त्यसैले शिक्षासँगै नेतृत्व क्षमता, आत्मविश्वास र नैतिक मूल्यको विकासमा विशेष ध्यान दिन आवश्यक छ,” उनले भने।

प्रमुख अतिथि श्रीवास्तवले विद्यालयले विद्यार्थीहरूलाई प्रारम्भिक चरणदेखि नै नेतृत्व विकासका अवसर प्रदान गर्नु सकारात्मक र अनुकरणीय कार्य भएको बताए। जिम्मेवारी वहन गर्न सिकेका विद्यार्थीहरू भविष्यमा सफल नेतृत्वकर्ताका रूपमा स्थापित हुने विश्वास उनले व्यक्त गरे।

कार्यक्रममा हरिन्द्र कुशवाहा, नरेश कुर्मी, सुरेश साह, नरेश रौनियार तथा गौतम श्रीवास्तव लगायतको उपस्थिति रहेको थियो। साथै सञ्चारकर्मी राजेन्द्र सिंह राजपूत, जगत राई र दिपु वर्णवाल समेत कार्यक्रममा सहभागी थिए।

विद्यालयका सञ्जीव यादव ले कार्यक्रम सञ्चालन गरेका थिए। सम्मानित विद्यार्थीहरूले आफूहरूलाई प्रदान गरिएको जिम्मेवारी निष्ठापूर्वक निर्वाह गर्दै विद्यालयको गौरव बढाउन प्रतिबद्ध रहने बताएका थिए।

कार्यक्रमको समापनमा प्रमुख अतिथि श्रीवास्तवले ब्याचलाई केवल चिन्ह नभई जिम्मेवारी, अनुशासन, सेवा र नेतृत्वको यात्राको सुरुवातका रूपमा व्याख्या गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरे।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८३ असार ९,मंगलवार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८३ असार ९,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद