Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ असार ९,मंगलवार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज — वीरगन्जस्थित ओम नेशनल प्लस टु साइन्स कलेज ले राष्ट्रिय परीक्षा बोर्डको कक्षा १२ को नतिजामा बारा, पर्सा र रौतहट जिल्लामध्ये उत्कृष्ट नतिजा हासिल गरेकी आफ्नी छात्रा कुसुम खातुन लाई सम्मान गरेको छ।

कलेज परिसरमा आयोजित कार्यक्रममा कलेजकी निर्देशिका सोभा यादव तथा निर्देशक हरिश्याम ठाकुर साह ले खातुनलाई दोसल्ला ओढाएर बधाईपत्रसहित सम्मान गरे। कलेजले उनको आगामी अध्ययनलाई सहयोग पुर्‍याउने उद्देश्यले ल्यापटपसमेत उपहार प्रदान गरेको जनाएको छ।

सम्मान ग्रहणपछि खातुनले राम्रो नतिजाका लागि धेरै समय पढ्नुभन्दा विषयवस्तु बुझेर अध्ययन गर्ने बानी महत्वपूर्ण हुने बताइन्। नियमित कक्षामा सहभागी हुने, शिक्षकका सुझावलाई आत्मसात गर्ने तथा पढ्ने–लेख्ने अभ्यासलाई निरन्तरता दिन सके विद्यार्थीले उत्कृष्ट नतिजा हासिल गर्न सक्ने उनको भनाइ थियो।

सो अवसरमा कक्षा १२ उत्तीर्ण गरेका अन्य विद्यार्थीहरूलाई पनि खादा र टिका लगाएर सम्मान गरिएको थियो।

कलेज प्रशासनका अनुसार यस वर्ष कलेजबाट २९० जना विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए। तीमध्ये करिब ९० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। उत्तीर्ण हुने अधिकांश विद्यार्थीले ए प्लस र ए ग्रेड प्राप्त गरेको शिक्षक अमित ले जानकारी दिए।

कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै निर्देशिका यादवले विद्यार्थीहरूको उपलब्धिबाट आफूहरू उत्साहित भएको बताइन्। उनले विद्यार्थीहरूको सफलतामा शिक्षकहरूको मेहनत र अभिभावकहरूको सहयोग पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्दै सम्पूर्ण विद्यार्थी तथा शिक्षक टोलीलाई बधाई दिइन्।

सम्मान कार्यक्रममा विद्यार्थी, शिक्षक–शिक्षिका, अभिभावक तथा कलेज परिवारका सदस्यहरूको उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सगरमाथा स्कुलमा विद्यार्थी नेतृत्व विकास कार्यक्रम, जिम्मेवारीसहित ब्याच वितरण
राष्ट्रिय

सगरमाथा स्कुलमा विद्यार्थी नेतृत्व विकास कार्यक्रम, जिम्मेवारीसहित ब्याच वितरण

प्रकाशित : २०८३ असार ९,मंगलवार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८३ असार ९,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद