Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगंज महानगरलाई औषधी उत्पादक संघबाट प्राविधिक सहयोग

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ आश्विन २९,बुधबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज । हालैको आन्दोलनका क्रममा पूर्ण रूपमा क्षतिग्रस्त वीरगंज महानगरपालिकाको कार्यालय पुनःसञ्चालनमा सहयोग गर्न विभिन्न संघसंस्थाहरू सक्रिय भइरहेका छन्। यसै क्रममा नेपाल औषधी उत्पादक संघ, वीरगंज इकाईले दश थान कम्प्युटर सेट ९यूपीएससहित० र चार थान प्रिन्टर महानगरलाई प्रदान गरेको छ।

संघले उक्त सहयोगलाई आफ्नो सामाजिक उत्तरदायित्व ९ऋक्च्० अन्तर्गत अघि सारेको जनाएको छ। भदौ २४ गतेको आन्दोलनमा महानगर भवनसहित सूचना–प्रविधि उपकरण, फर्निचर र कागजात जलेर नष्ट भएपछि प्रशासनिक सेवा प्रभावित भएको थियो।

सामग्री हस्तान्तरण कार्यक्रममा वीरगंज महानगर प्रमुख राजेशमान सिंहले संघको सहयोगलाई पुनःसञ्चालनको मार्गमा ठूलो टेवा पुग्ने बताउँदै आगामी दिनमा पनि उद्योग–महानगर साझेदारीलाई सुदृढ बनाउने अपेक्षा व्यक्त गरे।

संघका वरिष्ठ उपाध्यक्ष प्रभात रुंगटाले कठिन घडीमा नगरपालिकासँग सहकार्य गर्न पाउनु गौरवको विषय भएको बताउँदै सबै पक्ष मिलेर पुनर्निर्माणमा हातेमालो गर्नुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णसहित संघका पदाधिकारी विनित लोहिया, विनय काब्रा, सर्वोत्तम गिरी र उमेश श्रेष्ठको उपस्थिति रहेको थियो।

यसअघि सूर्य नेपालले पनि कम्प्युटर, ल्यापटप र प्रिन्टर सहयोग गरिसकेको महानगरले जनाएको छ। महानगरपालिकाले यस्ता सहयोगहरूले सेवा पुनःसञ्चालनलाई गति दिइरहेको र उद्योग–समुदाय साझेदारीलाई थप मजबुत बनाएको विश्वास व्यक्त गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८२ आश्विन २९,बुधबार
रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी
मुख्य समाचार

रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी

प्रकाशित : २०८२ आश्विन २९,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद