Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ जेष्ठ ७,बिहीबार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज । नेपाल पत्रकार महासंघ पर्सा शाखाले निर्वतमान अध्यक्ष अनुप तिवारीसँग माइनुटलगायतका संस्थागत कागजात तीन दिनभित्र उपलब्ध गराउन लिखित आग्रह गरेको छ ।

महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले तिवारीलाई पत्र बुझाउँदै सदस्यता शुद्धीकरण प्रक्रियालाई व्यवस्थित रूपमा अघि बढाउन विगतका निर्णय तथा अभिलेख आवश्यक रहेको उल्लेख गरेका छन् ।

महासंघ पर्साका सचिव विजयकुमार महतोद्वारा हस्ताक्षरित पत्रमा तिवारीको संयोजकत्वमा गठित सदस्यता शुद्धीकरण संघर्ष समितिले उठाएको मागप्रति शाखाको ध्यानाकर्षण भएको जनाइएको छ । पत्रमा तिवारीकै कार्यकालमा वितरण गरिएका सदस्यतासमेत शुद्धीकरणको माग उठेकाले त्यसबेलाको प्रक्रिया, निर्णय र आधार यकिन गर्न आवश्यक रहेको उल्लेख गरिएको छ ।

तर तत्कालीन कार्यसमितिले हालसम्म जिल्ला कार्यसमितिको माइनुट तथा अन्य संस्थागत कागजात वर्तमान कार्यसमितिलाई हस्तान्तरण नगरेको महासंघले जनाएको छ ।

पत्रअनुसार वर्तमान कार्यसमितिको २०८१ पुस ३ गते बसेको पहिलो बैठकले शाखाका कोषाध्यक्ष तथा तत्कालीन कोषाध्यक्षसमेत रहेका सञ्जीव कुमार मिश्रलाई सम्पूर्ण हरहिसाब तथा चलअचल सम्पत्तिको विवरण ३० दिनभित्र पेश गर्ने जिम्मेवारी दिएको थियो । तर ५१८ दिन बितिसक्दासमेत आवश्यक विवरण उपलब्ध नभएको उल्लेख गरिएको छ ।

महासंघले पटकपटक आग्रह गर्दा पनि माइनुटलगायतका दस्तावेज बुझाउन आनाकानी भइरहेको दाबी गर्दै संस्थागत निर्णय तथा अभिलेख अभावमा शाखाको नियमित कार्य सञ्चालनमै समस्या परेको जनाएको छ ।

त्यसैले सदस्यता शुद्धीकरणसम्बन्धी प्रक्रिया अघि बढाउन विगतका संस्थागत निर्णय अध्ययन आवश्यक रहेकाले सम्बन्धित सम्पूर्ण कागजात तीन दिनभित्र शाखा कार्यालयमा बुझाउन आग्रह गरिएको छ । अन्यथा शाखा नियमअनुसार अघि बढ्ने चेतावनीसमेत पत्रमा दिइएको छ ।

उक्त पत्रको बोधार्थ नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय काठमाडौं तथा नेपाल पत्रकार महासंघ मधेश प्रदेश कार्यालय धनुषालाई समेत पठाइएको छ ।

यसअघि महासंघ पर्साका अध्यक्ष खनाललाई सदस्यता शुद्धीकरण तथा नयाँ सदस्यता वितरणको माग गर्दै निर्वतमान अध्यक्ष अनुप तिवारीको संयोजकत्वमा गठित संघर्ष समितिले ज्ञापनपत्र बुझाएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

११ वर्षीय बालकको अपहरणपछि भारतमा हत्या, १७ वर्षीय किशोर पक्राउ

प्रकाशित : २०८३ जेष्ठ ७,बिहीबार
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु , एक घाइते
राष्ट्रिय

परवानीपुरमा ईभी गाडीको ठक्करबाट ७ वर्षीय बालकको मृत्युु

प्रकाशित : २०८३ जेष्ठ ७,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद