Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ जेष्ठ ६,बुधबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

बाराको परवानीपुर गाउँपालिका वडा नं। ५ स्थित श्री राम जानकी मन्दिर मा भइरहेको पर्खाल निर्माण कार्यलाई लिएर विवाद उत्पन्न भएको छ ।

स्थानीय युवा दिपु देव दास ले सामाजिक सञ्जालमार्फत मन्दिरको पर्खाल निर्माण बिना नापजाँच तथा गाउँभेला नगरी मनपरी ढंगले भइरहेको भन्दै खबरदारी गरेका हुन् ।

उनले भोजपुरी भाषामा सार्वजनिक गरेको सन्देशमा “मन्दिरमा बिना कुनै नापी तथा गाउँभेला गरी उपभोक्ता समिति नबनाई मनपरी रूपमा पर्खाल घेराबन्दी भइरहेको” आरोप लगाएका छन्। साथै उनले उक्त काम तत्काल रोक्न र गाउँभेला गरेर कानुनी तथा पारदर्शी प्रक्रियामार्फत उपभोक्ता समिति गठन गरी मात्रै निर्माण अघि बढाउन माग गरेका छन् ।

दासले आफूले बुझेको विषयलाई भिडियोमार्फत सार्वजनिक गरेको उल्लेख गर्दै विकास निर्माणका काम पारदर्शी र जनसहभागितामूलक हुनुपर्ने बताएका छन्।

स्थानीयस्तरमा धार्मिक स्थलको निर्माण कार्यमा प्रक्रिया मिचिएको भन्दै उठेको आवाजपछि विषय अहिले गाउँमा चर्चाको केन्द्र बनेको छ। केही स्थानीयले पनि निर्माण कार्यबारे स्पष्ट जानकारी सार्वजनिक गर्न तथा सम्बन्धित पक्षले जनतालाई विश्वासमा लिनुपर्ने माग गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
मुख्य समाचार

पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

प्रकाशित : २०८३ जेष्ठ ६,बुधबार
वीरगञ्जमा निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण कार्यक्रम सम्पन्न
राष्ट्रिय

वीरगञ्जमा निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण कार्यक्रम सम्पन्न

प्रकाशित : २०८३ जेष्ठ ६,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद