वीरगञ्ज, असोज ५ – जेन–जी आन्दोलनका क्रममा अराजक समूहद्वारा गरिएको तोडफोड र आगजनीका कारण वीरगञ्ज महानगरपालिका–१०, घडिअर्वास्थित आन्तरिक राजस्व कार्यालयमा ठूलो मात्रामा क्षति पुगेको छ।
गत भदौ २४ गते भएको घटनामा कार्यालय भवनबाहेक करिब एक करोड रुपैयाँ मूल्य बराबरका कम्प्युटर, प्रिन्टर तथा अन्य विद्युतीय उपकरणहरू नष्ट भएका छन्। कार्यालयका सूचना अधिकारी रामेश्वरकुमार मिश्रका अनुसार, प्रारम्भिक मूल्यांकनमा कर संकलन शाखासहितका विभिन्न कोठामा व्यापक क्षति भएको छ।
ूकर संकलन शाखामा सबैभन्दा धेरै क्षति भएको छ,ू मिश्रले भने, ूकम्प्युटर, प्रिन्टरलगायत उपकरणहरू पूर्ण रूपमा जलिएका छन्, केही सामान लुटपाटसमेत गरिएको छ।ू
कार्यालयका अनुसार भवनको तल्लो तलामा रहेका अधिकांश कोठाहरूमा क्षति पुगेको छ। तीमध्ये एक कोठा भने पूरै जलेर नष्ट भएको जानकारी दिइएको छ।
प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको पहिचान र खोजी कार्य अघि बढाएको जनाएको छ। रासस



