Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सरोकारवालालाई पशु ढुवानी मापदण्ड लागू नगरिएकोमा चिन्तित

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ जेष्ठ ३१,बिहीबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

पर्सा — पशु ढुवानी मापदण्ड २०६४ लागू भएको १७ वर्ष बितिसक्दा पनि ढुवानी व्यवसायीहरुले पालना नगरेकोप्रति सरोकारवालाहरुले चिन्ता जाहेर गरेका छन् ।
एनिमल नेपालले बिहीबार वीरगन्जमा आयोजना गरेको पशु ढुवानी मापदण्ड २०६४ कार्यान्वयनको अवस्था समस्या र समाधानसम्बन्धी पत्रकार सम्मेलनमा सरोकारवालाले पशुचौपाय ढुवानीमा मापदण्ड पालना नभएकोमा आपत्ति जनाएका हुन् । एनिमल नेपाल बाराका फिल्ड सुपरभाइजर धर्मेन्द्र साहले राजधानी काठमाडौंसम्म राँगा, भैँसी ढुवानी गर्दा ढुवानीकर्ताहरुले मापदण्डविपरीत काम गर्ने गरेको बताए । उनले चौपायाको स्वास्थ्य जाँच र भेटनरी सिफारिस नहुने, नेपाल वा भारत कहाँबाट ती चौपाया ल्याइएका हुन् भन्नेजस्ता विषय नखुल्ने गरेको बताए । एउटै ट्रकमा मापदण्डविपरीत २२ देखि २५ वटासम्म राँगा, भैंसी कोच्ने गरिएको पनि उनले बताए ।
यसले चौपायालाई मानसिक तनाव हुने र तीनको मासु अस्वस्थकर हुन जाने साहको दाबी छ ।
संस्थाका अर्का बारा फिल्ड सुपरभाइजर शत्रुधन पटेलले पशु ढुवानी गर्दा उनीहरुलाई पानी र छहारीको उचित प्रबन्ध नहुने, पथलैया कटेपछि नाक र पुच्छर बाँध्ने, प्रतिघण्टा ४० किमिभन्दा बढी गतिमा ढुवानी सवारी साधन चलाउने जस्ता समस्याहरु रहेको बताए । उनले पशु हितका लागि नेपाल प्रहरी र ट्राफिक प्रहरीसँग समन्वय गरी चौपाया ढुवानी गर्ने सवारी साधनका लागि टाइम कार्डको व्यवस्था गर्ने, मापदण्डविपरीत क्रियाकलाप गर्ने ढुवानीकर्ताहरुलाई कडा आर्थिक जरिवाना गराउने प्रयास भइरहेको जानकारी गराए ।

त्यसैगरी, प्रत्येक चौपाया ढुवानी गर्ने सवारी साधनमा प्राथमिक उपचार कक्षको व्यवस्था गर्ने, शारीरिक बनोट फरक भएका पशुहरुलाई एउटै गाडीमा ढुवानी नगर्ने, सवारी साधनको भुइँमा ६ इन्च मोटाईको पराल, भुस, म्याट्रेस आदि राख्न लगाउने प्रयास भइरहेको पनि पटेलले बताए । पशु ढुवानी गर्ने गाडीको पर्खालमा दुवैतिर आधा इन्चको फोम टाँस्नु पर्ने, दैनिक ८ घण्टाभन्दा बढी ढुवानी नगर्ने, गाडीमा घाँस, पराल, दाना आदि राख्ने व्यवस्था गरिने उनको भनाइ छ ।
त्यसैगरी, संस्थाले बली प्रथाको विरोधमा बाराको महागढीमाई नगरपालिका र आसपासका स्थानीय तहहरुमा पनि जनचेतनामूलक कार्यक्रम संचालन गरिरहेको उनले बताए ।सभार कन्तिपुर

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !
मुख्य समाचार

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !

प्रकाशित : २०८१ जेष्ठ ३१,बिहीबार
वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न
मुख्य समाचार

वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न

प्रकाशित : २०८१ जेष्ठ ३१,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद