Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सरोकारवालालाई पशु ढुवानी मापदण्ड लागू नगरिएकोमा चिन्तित

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ जेष्ठ ३१,बिहीबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

पर्सा — पशु ढुवानी मापदण्ड २०६४ लागू भएको १७ वर्ष बितिसक्दा पनि ढुवानी व्यवसायीहरुले पालना नगरेकोप्रति सरोकारवालाहरुले चिन्ता जाहेर गरेका छन् ।
एनिमल नेपालले बिहीबार वीरगन्जमा आयोजना गरेको पशु ढुवानी मापदण्ड २०६४ कार्यान्वयनको अवस्था समस्या र समाधानसम्बन्धी पत्रकार सम्मेलनमा सरोकारवालाले पशुचौपाय ढुवानीमा मापदण्ड पालना नभएकोमा आपत्ति जनाएका हुन् । एनिमल नेपाल बाराका फिल्ड सुपरभाइजर धर्मेन्द्र साहले राजधानी काठमाडौंसम्म राँगा, भैँसी ढुवानी गर्दा ढुवानीकर्ताहरुले मापदण्डविपरीत काम गर्ने गरेको बताए । उनले चौपायाको स्वास्थ्य जाँच र भेटनरी सिफारिस नहुने, नेपाल वा भारत कहाँबाट ती चौपाया ल्याइएका हुन् भन्नेजस्ता विषय नखुल्ने गरेको बताए । एउटै ट्रकमा मापदण्डविपरीत २२ देखि २५ वटासम्म राँगा, भैंसी कोच्ने गरिएको पनि उनले बताए ।
यसले चौपायालाई मानसिक तनाव हुने र तीनको मासु अस्वस्थकर हुन जाने साहको दाबी छ ।
संस्थाका अर्का बारा फिल्ड सुपरभाइजर शत्रुधन पटेलले पशु ढुवानी गर्दा उनीहरुलाई पानी र छहारीको उचित प्रबन्ध नहुने, पथलैया कटेपछि नाक र पुच्छर बाँध्ने, प्रतिघण्टा ४० किमिभन्दा बढी गतिमा ढुवानी सवारी साधन चलाउने जस्ता समस्याहरु रहेको बताए । उनले पशु हितका लागि नेपाल प्रहरी र ट्राफिक प्रहरीसँग समन्वय गरी चौपाया ढुवानी गर्ने सवारी साधनका लागि टाइम कार्डको व्यवस्था गर्ने, मापदण्डविपरीत क्रियाकलाप गर्ने ढुवानीकर्ताहरुलाई कडा आर्थिक जरिवाना गराउने प्रयास भइरहेको जानकारी गराए ।

त्यसैगरी, प्रत्येक चौपाया ढुवानी गर्ने सवारी साधनमा प्राथमिक उपचार कक्षको व्यवस्था गर्ने, शारीरिक बनोट फरक भएका पशुहरुलाई एउटै गाडीमा ढुवानी नगर्ने, सवारी साधनको भुइँमा ६ इन्च मोटाईको पराल, भुस, म्याट्रेस आदि राख्न लगाउने प्रयास भइरहेको पनि पटेलले बताए । पशु ढुवानी गर्ने गाडीको पर्खालमा दुवैतिर आधा इन्चको फोम टाँस्नु पर्ने, दैनिक ८ घण्टाभन्दा बढी ढुवानी नगर्ने, गाडीमा घाँस, पराल, दाना आदि राख्ने व्यवस्था गरिने उनको भनाइ छ ।
त्यसैगरी, संस्थाले बली प्रथाको विरोधमा बाराको महागढीमाई नगरपालिका र आसपासका स्थानीय तहहरुमा पनि जनचेतनामूलक कार्यक्रम संचालन गरिरहेको उनले बताए ।सभार कन्तिपुर

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८१ जेष्ठ ३१,बिहीबार
खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते
मुख्य समाचार

खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते

प्रकाशित : २०८१ जेष्ठ ३१,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद