Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

रम्भाकुमारी कुसवाहाको श्रीमान्‌सँगै उनको कमाइ पनि गुमाएको पीडा

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र २२,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बारा — कलैया उपमहानगरपालिका–११ विश्वम्भरपुरकी २६ वर्षीया रम्भाकुमारी कुसवाहाको प्रसौनी–७ बन्जरियाका ३० वर्षीय सन्दीपप्रसाद कुसवाहासित मागी विवाह भयो । २०७८ जेठ १५ मा उनीहरूको विवाह भएको हो । चार कक्षासम्म मात्रै पढेकी रम्भा अहिले नाबालिक डेढ वर्षीया छोरीका साथ माइतीमै बसेकी छन् ।

विवाह भएको केही महिनामै सन्दीप वैदेशिक रोजगारीका क्रममा साउदीको रियाद सहर पुगेका थिए । सडक निर्माणका लागि एक्साभेटर चलाउँदै गर्दा २०८० वैशाख २४ मा दुर्घटनामा परेर उनको घटनास्थलमै मृत्यु भयो ।

त्यतिबेलासम्म उनले कमाएको १२ हजार ५९ रुपैयाँ अर्थात् त्यतिबेलाको सटही दरअनुसार ४ लाख २६ हजार रुपैयाँ जम्मा भएको रहेछ । श्रीमान्‌ले कमाएको त्यही रकम पनि रम्भाले अहिलेसम्म पाएकी छैनन् ।

श्रीमान्को वियोगले त सताएकै छ, त्यसमाथि उनले कमाएर जम्मा गरेको पैसा नपाउँदा आफू बेसहारा बनेको उनले सुनाइन् । रियादका लागि नेपाली दूतावासले ३५ जना नेपालीले कमाएको रकम नेपालस्थित ‘कन्सुलर’ विभाग काठमाडौं त्रिपुरेश्वरमा २३ जुन २०२३ मा पठाएको विवरणमा सन्दीपले कमाएको उक्त रकम पनि उल्लेख छ । तर, घटना भएको एक वर्ष हुन लाग्दा पनि उक्त रकम आफूले नपाएको रम्भाले बताइन् ।

‘श्रीमान्‌को विदेशमा मृत्युपछि परिवारले घरमा बस्न नदिएर माइतीमा बसेकी छु, उता श्रीमान्ले कमाएको पैसा पनि पाएकी छैन,’ उनले भनिन्, ‘सानो बच्चा लिएर बेघर भई माइतीमा गुजारा गर्दैछौं । सरकार वा कम्पनीबाट पाउनुपर्ने क्षतिपूर्ति त परै जाओस्, श्रीमान्‌ले पसिना बगाएर कमाएको रकम पनि ‘कन्सुलर’ विभागबाट पाउन सकिनँ ।’

पैसा पाउनका लागि रम्भाले सम्पूर्ण कागजात ‘कन्सुलर’ विभागमा बुझाइसकेकी छन् । ‘तर कन्सुलर विभागले कहिले पैसा आइसकेको छ अब दिन्छौं भन्छ त कहिले छलफल हुँदैछ भनेर टारिरहेको छ,’ रम्भाले भनिन्, ‘अलमल्याएर राखेको छ । दुई पटक काठमाडौं गएँ । तर, पैसा पाइनँ ।’

बहिनीलाई ससुरालीमा उनका जेठाजु, सासू र ससुराले बस्न नदिएको रम्भाका दाजु राजेश कुसवाहाले बताए । ‘घटनाको दिन बहिनीसित ज्वाइँको कुरा भएको रहेछ, कमाएको पैसा जम्मा गरेर राखेको छु भनेका थिए रे,’ उनले भने, ‘बहिनीको जीवन दुर्भाग्यमै बितिरहेको छ । जसोतसो घरमा सानी भान्जी ९चुनुमुनु० र बहिनीको गुजारा चलाउँदै छु ।’

ज्वाइँ बितेपछि बहिनीलाई ससुराली घर जाँदा बस्नै नदिने गरी दुःख दिएको पनि उनले बताए । ‘बहिनीको ज्यानै खतरामा परेको देखेपछि माइतीमै ल्याएर राखेका हौं,’ उनले भने, ‘समाजको सहयोगले गत साउनमा बहिनीको विवाह दर्ता र नागरिकता बनाएका थियौं ।’ भाइबुहारीलाई घरमा त्यस्तो कुनै समस्या नभएको रम्भाका जेठाजु प्रदीप कुसवाहाले बताए । ‘बुहारी आफैं माइतीमा गएर बसेकी हुन्,’ उनले भने, ‘आफ्नो राजीखुसीले गएकालाई के भन्ने रु’
सभार – इकन्तिपुर
यो समाचार पत्रकार लक्ष्मी साहले इकन्तिपुरमा लेखनुभएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !
मुख्य समाचार

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !

प्रकाशित : २०८० चैत्र २२,बिहीबार
वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न
मुख्य समाचार

वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न

प्रकाशित : २०८० चैत्र २२,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद