Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

रम्भाकुमारी कुसवाहाको श्रीमान्‌सँगै उनको कमाइ पनि गुमाएको पीडा

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र २२,बिहीबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

बारा — कलैया उपमहानगरपालिका–११ विश्वम्भरपुरकी २६ वर्षीया रम्भाकुमारी कुसवाहाको प्रसौनी–७ बन्जरियाका ३० वर्षीय सन्दीपप्रसाद कुसवाहासित मागी विवाह भयो । २०७८ जेठ १५ मा उनीहरूको विवाह भएको हो । चार कक्षासम्म मात्रै पढेकी रम्भा अहिले नाबालिक डेढ वर्षीया छोरीका साथ माइतीमै बसेकी छन् ।

विवाह भएको केही महिनामै सन्दीप वैदेशिक रोजगारीका क्रममा साउदीको रियाद सहर पुगेका थिए । सडक निर्माणका लागि एक्साभेटर चलाउँदै गर्दा २०८० वैशाख २४ मा दुर्घटनामा परेर उनको घटनास्थलमै मृत्यु भयो ।

त्यतिबेलासम्म उनले कमाएको १२ हजार ५९ रुपैयाँ अर्थात् त्यतिबेलाको सटही दरअनुसार ४ लाख २६ हजार रुपैयाँ जम्मा भएको रहेछ । श्रीमान्‌ले कमाएको त्यही रकम पनि रम्भाले अहिलेसम्म पाएकी छैनन् ।

श्रीमान्को वियोगले त सताएकै छ, त्यसमाथि उनले कमाएर जम्मा गरेको पैसा नपाउँदा आफू बेसहारा बनेको उनले सुनाइन् । रियादका लागि नेपाली दूतावासले ३५ जना नेपालीले कमाएको रकम नेपालस्थित ‘कन्सुलर’ विभाग काठमाडौं त्रिपुरेश्वरमा २३ जुन २०२३ मा पठाएको विवरणमा सन्दीपले कमाएको उक्त रकम पनि उल्लेख छ । तर, घटना भएको एक वर्ष हुन लाग्दा पनि उक्त रकम आफूले नपाएको रम्भाले बताइन् ।

‘श्रीमान्‌को विदेशमा मृत्युपछि परिवारले घरमा बस्न नदिएर माइतीमा बसेकी छु, उता श्रीमान्ले कमाएको पैसा पनि पाएकी छैन,’ उनले भनिन्, ‘सानो बच्चा लिएर बेघर भई माइतीमा गुजारा गर्दैछौं । सरकार वा कम्पनीबाट पाउनुपर्ने क्षतिपूर्ति त परै जाओस्, श्रीमान्‌ले पसिना बगाएर कमाएको रकम पनि ‘कन्सुलर’ विभागबाट पाउन सकिनँ ।’

पैसा पाउनका लागि रम्भाले सम्पूर्ण कागजात ‘कन्सुलर’ विभागमा बुझाइसकेकी छन् । ‘तर कन्सुलर विभागले कहिले पैसा आइसकेको छ अब दिन्छौं भन्छ त कहिले छलफल हुँदैछ भनेर टारिरहेको छ,’ रम्भाले भनिन्, ‘अलमल्याएर राखेको छ । दुई पटक काठमाडौं गएँ । तर, पैसा पाइनँ ।’

बहिनीलाई ससुरालीमा उनका जेठाजु, सासू र ससुराले बस्न नदिएको रम्भाका दाजु राजेश कुसवाहाले बताए । ‘घटनाको दिन बहिनीसित ज्वाइँको कुरा भएको रहेछ, कमाएको पैसा जम्मा गरेर राखेको छु भनेका थिए रे,’ उनले भने, ‘बहिनीको जीवन दुर्भाग्यमै बितिरहेको छ । जसोतसो घरमा सानी भान्जी ९चुनुमुनु० र बहिनीको गुजारा चलाउँदै छु ।’

ज्वाइँ बितेपछि बहिनीलाई ससुराली घर जाँदा बस्नै नदिने गरी दुःख दिएको पनि उनले बताए । ‘बहिनीको ज्यानै खतरामा परेको देखेपछि माइतीमै ल्याएर राखेका हौं,’ उनले भने, ‘समाजको सहयोगले गत साउनमा बहिनीको विवाह दर्ता र नागरिकता बनाएका थियौं ।’ भाइबुहारीलाई घरमा त्यस्तो कुनै समस्या नभएको रम्भाका जेठाजु प्रदीप कुसवाहाले बताए । ‘बुहारी आफैं माइतीमा गएर बसेकी हुन्,’ उनले भने, ‘आफ्नो राजीखुसीले गएकालाई के भन्ने रु’
सभार – इकन्तिपुर
यो समाचार पत्रकार लक्ष्मी साहले इकन्तिपुरमा लेखनुभएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८० चैत्र २२,बिहीबार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८० चैत्र २२,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद