बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको ३ नम्बर पुल बजारस्थित सडक बाट यात्रुबाहक बस खोलामा खसेर दुर्घटना ग्रस्त भएको छ ।हेटौडा बाट बिराटनगर तर्फ जादै गरेको ना ६ ख ९०३० नम्बरको बस ३ नमब्र पूल नजिक दुर्घटना हुदाँ १७ जना घाईते भएको छ ।
ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले बस दुर्घटनामा परेका ४ जना गम्भीर घाइतेलाई उपचारका लागि हेटौंडा अस्पतालमा ल्याइएको जानकारी दिए ।उनले भने बस सडक बाट करिब ३० मिटर तल खसेर दुर्घटना भएको छ ।दुर्घटनामा परेर बसमा सवार रहेका एक जना यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते र मृतकको अहिले पहिचान खुल्न बाकि रहेको प्रहरी नायब उपरीक्षक प्रदेप बहादुर क्षेत्रीले बताए ।घटना अबारे ठप्प अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।



