Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

१६ औ वार्षिक साधारण सभा सहयात्रीको सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८० मंसिर ६,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

८ मंसिर
सहयात्रीको १६ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
पर्सागढि नगरपालिका वर्डा नं. ४ मा रहेको सहयात्री बचत तथा ऋण सहकारी संस्था लि.को १६ औ वार्षिक साधारण सभा संचालक समितिका अध्यक्ष गोमा कुमारी उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा क्षेत्र नं २ का संघिय सांसद मा. अजयकुमार चौरसियाले संस्थाले अझै उन्नति प्रगति गरोस् भन्ने हाम्रो चाहना रहेको बताउनु भयो ।
संस्थाको ब्यवस्थापन राम्रो रहेकोले यस्तो संकटकालिन अवस्थामा आज सम्म यो संस्था संचालनमा रहेको र ब्यवस्थापन समितिका पदाधिकारीहरुले लगानी गर्दा ध्यान दिएर लगाउनु पर्नेमा जोड दिनु भयो ।
प्राय जसो सहकारी संचालकहरु अहिले सर्वसाधारणको पैसा लिएर भागिरहेका छन । त्यस मुख्य कारण नै राम्रो ठाउँमा लगानी नगर्नु ब्यवस्थापन समिति राम्रो नरहनु हो त्यसैले संस्था खोल्नु ठुलो कुरा होइन त्यसलाई चलाउनु ठुलो कुरा रहेको र सहयात्री सफल रहेकोमा बधाई समेत दिनु भयो ।
कार्यक्रममा बिशिष्ट अतिथि प्रदेश सभा सदस्य श्याम पटेल संसदीय बिकासको पैसा अदालतले चलाउन आदेश गरेमा यो संस्थाको निर्माधिन भवन बनाउन सक्दो सहयोग गर्ने मन्तब्य ब्यक्त गरेका थिए ।

त्यसैगरी बिशिष्ट अतिथि नगर प्रमुख गोकर्ण पाठक नगरपालिका भित्र रहेका सहकारी मध्ये यो सहकारी एक नम्बर स्थानमा रहेको छ । यो भन्दा पनि धेरै पुरानो सहकारी संस्थाहरु नगरपालिकामा छन् तर यस्तो व्यवस्थापन नरहेको कारण आज सम्म प्रगति गरेको छैन । यस्तो प्रगति गरेको संस्था आफ्नो नगरपालिका भित्र रहेको छ भने हामी लाई पनि खुशि लाग्छ । त्यसैले नगरपालिकाले सक्दो सहयोग गर्ने बताएका थिए ।

कार्यक्रममा रेडक्रस सोसाइटी मधेश प्रदेशका अध्यक्ष फुलमहद मिया, पर्सा जिल्ला सहकारी संस्था अध्यक्ष राजेश पंडित , संस्था व्यवस्थापक बिरेन्द्र राज कंडेल ,पुर्व वडा अध्यक्ष बेदमन दास थारु, सुकमान तामाङ , शेष खुरसेद , लेखा प्रमुख संजय परियार लगायत सहभागिता रहेको थियो भने स्वागत मन्तव्य कोषाध्यक्ष प्रतिमा मानन्धर ले गरेका थिइन् सहजिकरण संस्था को सचिव शिवनाथ यादबले गरेका थिए ।

पछिल्लो आर्थिक वर्र्षमा संस्थाले ६ करोड १५ लाख २१ हजार त्रिसठी रुपैयाको कारोवार गरेको प्रतिवेदन पेश गरिएको थियो । कार्यक्रममा बार्षिक प्रगति प्रतिवेदन संस्था कि अध्यक्ष गोमा कुमारी उप्रेती ले प्रस्तुत गरेका थिइन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८० मंसिर ६,बुधबार
रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी
मुख्य समाचार

रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी

प्रकाशित : २०८० मंसिर ६,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद