वीरगञ्ज २७ मंसिर– पर्सा निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य अन्सारीले शिक्षामा सुधारका लागि शिक्षक, कर्मचारी, स्थानीबासी तथा वीद्यार्थीसँग भेटघाट गरेका छन् ।
पर्सा क्षेत्र नम्बर १ को (क) मा शिक्षा क्षेत्रमा खासै परिर्वतन नभएको अवस्थामा सोमबार निर्वाचन क्षेत्र अन्तर्गत पर्ने विभिन्न विद्यालयको अनुगमन गर्दै विद्यार्थी, शिक्षक , कार्यरत कर्मचारी तथा स्थानीबासीसँग संक्ष्पित भेटघाट र सुझाव संकलन गरेका हुन् । अन्सारीले निर्वाचन क्षेत्र अन्तर्गत पर्ने विद्यालयहरुको अनुगमन गर्दै विद्यार्थीहरुसँग अन्तरक्रिया समेत गरेका छन् ।
भेटघाटका क्रममा अन्सारीले विद्यालयका शिक्षाको गुणस्तर तथा विद्यार्थीहरुको उपस्थितिमा सुधार कसरी ल्याउन सकिन्छ भन्ने बारेमा सुझाव संकलन गरेका छन्। विद्यालयहरुमा गरिएको भेटघाटले आउने दिनहरुमा शैक्षिक गुणस्तर बढाउँदै समाजमा गतिशीलता ल्याउन र समाजलाई प्रगतिको बाटोमा अघि बढाउँन अत्याधिक प्रेरणा हासिल गरेको अन्सारीले प्रतिक्रिया दिएका छन् ।
शिक्षाले सामाजिक परिवर्तन ल्याउने सबैभन्दा प्रभावकारी माध्यम हुनुको साथै सामाजिक परिवर्तनहरूको समीक्षा गर्ने विवेक दिने र सामाजिक परिवर्तनहरू स्वीकार गर्न मानसिक रूपमा पनि तयार गर्ने अन्सारीले जानकारी दिए ।