बीरगन्ज, २६ मंसिर
शिक्षकको कुटपिटबाट नृसिंह माविका एक विद्यार्थी घाइते भएका छन् । वीरगञ्ज (१४ स्थित विध्यालयका शिक्षक रामबालक यादवको कुटपिटबाट विद्यार्थी प्रदिप पटेल घाइते भएका हुन् । प्रदिप नृसिंह माविमा शिक्षा संकायमा कक्षा १२ मा अध्ययनरत छन् । सोमबार बिहान १०ः४५ को प्रार्थना पछि लाइनमा कक्षातिर गईरहेका बेला प्रदिपलाई शिक्षक रामबालकले पछाडिबाट नै पाइप र मुक्काले निर्मम कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
लइनमा बसेका अन्य विद्यायर्थिले शिक्षकलाई पछाडीबाट जिस्काउन साथै हल्ला गरेका थिए । तर सरले हल्ला नगरेका विद्यार्थीलाई सोधपुछ गरे । जवाफ नदिएपछि शिक्षकले कुटे । प्रत्यक्षदर्शी एक विद्यार्थीले भने । आफूले केहि नगरेको भनेर प्रदिपले भन्दापनि शिक्षक रामबालकले निरन्तर कुटेको ती विद्यार्थीको भनाई छ । आवेशमा आएर लाइनबाट कुटपीट गदैं प्रदिपलाई शिक्षक रामबालकले स्कूलको कार्यालयसम्म लगेका थिए । केहि घण्टा बसाएर पछि रामबालकले नै प्रदिपको हातको चोटमा मल्हम लगाईदिएका थिए । कुटपिट घाइते भएका प्रदिप पछि नारायणी अस्पलतालमा उपचारका लागि पुगेका थिए । हातमा गहिरो चोट लागेको चिकित्सकले बताएको उनका अभिभावकले बताए । प्रदिपको अभिभावकले शिक्षक विरूद्ध प्रहरी कार्यालयमा उजुरी समेत दिएका छन् ।विद्यालयका प्राध्यापक विनोद मेहताले विद्यार्थीलाई शिक्षकले कुटपिट गरेको स्वीकार गरेका छन् । विद्यार्थीलाई विद्यालयमै प्राथमीक उपचार गरिएको बताउँदै निर्घात कुटपिट नभएको बताए । शिक्षकले जानी जानी विधार्थिलाई कुटपीट नगरेको बताउँदै उनले केहि व्यक्ति ले यस विषयलाई लिएर राजनीति शुरु गरेको दावी गरे ।
© 2024