Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

शिक्षकको कुटपिटबाट नृसिंह माविका एक विद्यार्थी घाइते

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर २६,सोमबार
A A
3
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

बीरगन्ज, २६ मंसिर
शिक्षकको कुटपिटबाट नृसिंह माविका एक विद्यार्थी घाइते भएका छन् । वीरगञ्ज (१४ स्थित विध्यालयका शिक्षक रामबालक यादवको कुटपिटबाट विद्यार्थी प्रदिप पटेल घाइते भएका हुन् । प्रदिप नृसिंह माविमा शिक्षा संकायमा कक्षा १२ मा अध्ययनरत छन् । सोमबार बिहान १०ः४५ को प्रार्थना पछि लाइनमा कक्षातिर गईरहेका बेला प्रदिपलाई शिक्षक रामबालकले पछाडिबाट नै पाइप र मुक्काले निर्मम कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
लइनमा बसेका अन्य विद्यायर्थिले शिक्षकलाई पछाडीबाट जिस्काउन साथै हल्ला गरेका थिए । तर सरले हल्ला नगरेका विद्यार्थीलाई सोधपुछ गरे । जवाफ नदिएपछि शिक्षकले कुटे । प्रत्यक्षदर्शी एक विद्यार्थीले भने । आफूले केहि नगरेको भनेर प्रदिपले भन्दापनि शिक्षक रामबालकले निरन्तर कुटेको ती विद्यार्थीको भनाई छ । आवेशमा आएर लाइनबाट कुटपीट गदैं प्रदिपलाई शिक्षक रामबालकले स्कूलको कार्यालयसम्म लगेका थिए । केहि घण्टा बसाएर पछि रामबालकले नै प्रदिपको हातको चोटमा मल्हम लगाईदिएका थिए । कुटपिट घाइते भएका प्रदिप पछि नारायणी अस्पलतालमा उपचारका लागि पुगेका थिए । हातमा गहिरो चोट लागेको चिकित्सकले बताएको उनका अभिभावकले बताए । प्रदिपको अभिभावकले शिक्षक विरूद्ध प्रहरी कार्यालयमा उजुरी समेत दिएका छन् ।विद्यालयका प्राध्यापक विनोद मेहताले विद्यार्थीलाई शिक्षकले कुटपिट गरेको स्वीकार गरेका छन् । विद्यार्थीलाई विद्यालयमै प्राथमीक उपचार गरिएको बताउँदै निर्घात कुटपिट नभएको बताए । शिक्षकले जानी जानी विधार्थिलाई कुटपीट नगरेको बताउँदै उनले केहि व्यक्ति ले यस विषयलाई लिएर राजनीति शुरु गरेको दावी गरे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०७९ मंसिर २६,सोमबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०७९ मंसिर २६,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद