वीरगन्ज,२७ असोज । ईन्जिनियर रमेश कुमार यादव नेपाल विद्यार्थी संघ ( नेविसंघ ) पर्साको अध्यक्षमा मनोनित भएका छन् ।यादवलाई नेविसंघको केन्द्रिय कार्य समितिले पर्सा अध्यक्षमा मनोनित गरेको हो ।
नेविसंघ केन्द्रिय समितिले आसन्न संघ र प्रदेशको निर्वाचनलाई मध्यनजर गरी नेपाली कांग्रेस पर्साबाट नेबिसंघको जिल्ला अध्यक्षको नाम माग गरेको थियो ।
त्यहि अनुसार काँग्रेस पर्साले गत असोज १३ गते यादवको नाम नेविसंघ पर्साको अध्यक्षको सिफारिस गरेकोमा नेविसंघ केन्द्रिय कार्य समितिले यादवलाइ जिल्ला अध्यक्षमा मनोनित गरेको हो ।
यादवलाइ , तीन महिना भित्र पर्सामा नेविसंघको जिल्ला अधिवेशन गराउन जिम्मेवारी पनि केन्द्रिय कार्यालयले दिएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस