पर्साको विन्दवासिनी गापाको वड़ा न ५ मा अध्यक्षका लागि दिलिप पटेलले उम्मेदवारी दिएका छन् ।
नेपाली कांग्रेसबाट दाबेदारी दिदैं आएका पटेलले स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् ।
नेपाली कांग्रेसबाट टिकट पाउने भनेका पटेल लोकप्रिय बन्दै गएका छन। विगत केहि वर्षदेखि त्यहाका जनताको सेवामा समर्पित हुदै आएका पटेल यसपाली भ्रस्टाचार गर्ने गिरोहहरुलाई चुनौती दिदै उम्मेदवारी दिएको पटेलले बताए ।
विन्दवासिनी गाउपालिकाको स्वतन्त्र राजनीतिमा आबद्ध भई वड़ा न .५ का जनताको निम्ति आफ्नो अहम भूमिका निर्वाह गर्दै आएको पटेल नै यसपालीको वड़ा अध्यक्ष हुने स्थानीयले जनाएका छन।
यसपालीको निर्वाचनमा आफुहरु वडामा भइरहेको भ्रस्टाचारको बिरोधमा सधै लागिपर्ने त्यहाका जनताहरुको मनमा बसी भलो सोचने युवाको ढुकढुकि, मेहनती, इमान्दार, निष्ठावान, विकाशप्रेमी, शिक्षित नेताको रुपमा आफुलाई चिनाउन सफल युवा नेताको रुपमा आफुलाई अगाडि सारेको युवा नेता पटेलले बताएका छन।
© 2024