Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

संविधान संशोधन बहसमा पर्साका तीन जेनजी युवा सहभागी हुने

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ जेष्ठ १,शुक्रबार
A A
3
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज — संविधान संशोधनका लागि सरकारले गठन गरेको “संविधान संशोधन बहशपत्र तयार कार्यदल” ले छलफलको दायरा विस्तार गर्दै थप २० जना जेनजी ९न्भल श्० युवालाई आमन्त्रण गरेको छ । उक्त सूचीमा पर्साका तीन युवा परेका छन् ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाह नेतृत्वको कार्यदलले गत वैशाख ३० गते बसेको बैठकबाट विभिन्न जिल्लाका जेनजी युवासँग प्रत्यक्ष छलफल गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार पर्साबाट जेनजी अभियन्ता विशेष साह, अधिवक्ता अनिल साह र अर्जुन साह छनोटमा परेका हुन् ।

कार्यदलका सदस्य–सचिव लिलाधर सुबेदीका अनुसार उनीहरुलाई शुक्रबार साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने छलफल कार्यक्रममा सहभागी हुन आमन्त्रण गरिएको छ । छलफलमा सहभागी युवाले संविधान संशोधनसँग सम्बन्धित विषयमा आफ्ना धारणा, सुझाव तथा अनुभव प्रस्तुत गर्नेछन् ।

कार्यदलले संविधान संशोधनका लागि तयार पारिने बहशपत्रलाई थप समावेशी र समयानुकूल बनाउन युवापुस्ताको दृष्टिकोण संकलन गर्ने उद्देश्य राखेको जनाएको छ । विशेषगरी जेनजी पुस्ताको राजनीतिक सहभागिता, समावेशिता, अधिकार सुनिश्चितता, सुशासन तथा राज्य संरचनासम्बन्धी दृष्टिकोणलाई बहशपत्रमा समेट्ने तयारी गरिएको सदस्य–सचिव सुबेदीले बताए ।

उनका अनुसार पछिल्लो समय युवापुस्तामा संविधान, लोकतन्त्र, संघीयता र राज्य सञ्चालनका विषयमा बढ्दो चासोलाई ध्यानमा राख्दै विभिन्न क्षेत्रका युवासँग चरणबद्ध रुपमा संवाद कार्यक्रम सञ्चालन भइरहेको छ । कार्यदलले यसअघि पनि विभिन्न विश्वविद्यालय, नागरिक समाज, कानुन व्यवसायी, विज्ञ तथा सरोकारवालासँग छलफल गरिसकेको जनाएको छ ।

संविधान संशोधनसम्बन्धी बहसलाई व्यापक र सहभागितामूलक बनाउन सरकारले देशका विभिन्न क्षेत्रका प्रतिनिधिसँग निरन्तर संवाद गरिरहेको छ । कार्यदलले प्राप्त सुझावका आधारमा संशोधनसम्बन्धी बहशपत्र तयार पारेर सरकारलाई बुझाउने तयारी गरेको बताइएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सगरमाथा स्कुलमा विद्यार्थी नेतृत्व विकास कार्यक्रम, जिम्मेवारीसहित ब्याच वितरण
राष्ट्रिय

सगरमाथा स्कुलमा विद्यार्थी नेतृत्व विकास कार्यक्रम, जिम्मेवारीसहित ब्याच वितरण

प्रकाशित : २०८३ जेष्ठ १,शुक्रबार
कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८३ जेष्ठ १,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद