Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सिधपुर–अकवानियामा एमाले उम्मेदवार रुपेश कुमार पाण्डेयको घरदैलो तीव्र, स्थानीयको उल्लेख्य सहभागिता

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन १,शुक्रबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज ।
पर्सा निर्वाचन क्षेत्र नम्बर–३ बाट नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार रुपेश कुमार पाण्डेयले सखुवापर्सौनी गाउँपालिका वडा नम्बर–१ अन्तर्गत सिधपुर–अकवानिया टोलमा घरदैलो तथा बृहत् जनतासँग भेटघाट कार्यक्रम सम्पन्न गरेका छन्।

घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार पाण्डेयले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रका समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिएका थिए। उनले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको समग्र सुधारका लागि नेकपा एमालेको जित आवश्यक रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा एमालेको पक्षमा मतदान गर्न आग्रह गरे।

स्थानीयवासीसँगको भेटघाटमा पाण्डेयले भने,
“स्थानीय तहदेखि केन्द्रसम्म विकासको गति बढाउन नेकपा एमालेको नेतृत्व अपरिहार्य छ। जनताको विश्वास र समर्थन पाएर यस क्षेत्रको समृद्धिका लागि इमान्दारीपूर्वक काम गर्नेछु।”

कार्यक्रममा स्थानीय अगुवा प्रमोद जैसवाललगायतको उल्लेख्य उपस्थिति रहेको थियो। स्थानीय बासिन्दाहरूले उम्मेदवार पाण्डेयलाई स्वागत गर्दै आफ्नो क्षेत्रको विकासप्रति सकारात्मक अपेक्षा व्यक्त गरेका छन्।

नेकपा एमालेका उम्मेदवार पाण्डेयले आगामी दिनहरूमा पनि पर्सा–३ का विभिन्न टोल र बस्तीमा घरदैलो तथा जनसम्पर्क अभियानलाई अझ तीव्र बनाउँदै लैजाने प्रतिबद्धता जनाएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८२ फाल्गुन १,शुक्रबार
रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी
मुख्य समाचार

रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी

प्रकाशित : २०८२ फाल्गुन १,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद