Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

खानेपानी क्षेत्रको सुधारका लागि  प्रधानमन्त्री ओली र मन्त्री यादवबिच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ भाद्र २७,बिहीबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, २७ भदौ । खानेपानी क्षेत्रमा महत्त्वपूर्ण कार्यहरूको थालनी गर्न खानेपानी मन्त्री प्रदीप यादवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षका लागि कार्यसम्पादन सम्झौता गर्नुभएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली र मन्त्री यादवले सम्झौतामा हस्ताक्षर गरी सम्झौताको प्रति आदानप्रदान गर्नुभएको हो ।

मन्त्री यादवका अनुसार, “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकाङ्क्षालाई साकार पार्न खानेपानी क्षेत्रको सुधार, सेवा प्रवाहमा चुस्तता र ठूला पूर्वाधार परियोजनाहरू तोकिएको समयमा सम्पन्न गरिने लक्ष्यसहित यो सम्झौता गरिएको हो ।

कार्यसम्पादन सम्झौतामा प्रमुख कार्यहरूलाई तीन चरणमा विभाजन गरिएको छ: पहिलो सय दिन (२०८१ कात्तिक ६ सम्म), दोस्रो सय दिन (२०८१ माघ १७ सम्म) र आर्थिक वर्षको बाँकी अवधि। यसअन्तर्गत, हरेक चरणमा निश्चित कार्यहरू सम्पन्न गर्नुपर्ने र हासिल गरिने उपलब्धिहरूको स्पष्ट खाका तयार पारिएको मन्त्री यादवले बताउनुभयो ।

पहिलो सय दिनको अवधिमा, मनसुनका कारण अवरुद्ध मेलम्ची खानेपानी आयोजनालाई पुनः सञ्चालनमा ल्याउने, न्यूरोड-ठमेल क्षेत्रमा थप ३० किलोमिटर पाइपलाइन विस्तार गर्ने, निर्माणाधीन कीर्तिपुर र महाँकालचौरका पानी पोखरीहरूको निर्माण सम्पन्न गर्ने, धोबीघाट फोहर पानी प्रशोधन केन्द्रलाई दैनिक ३ करोड ७० लाख लिटर क्षमता सहित सञ्चालन गर्ने कार्यहरू सम्पन्न गरिनेछन् । यसका साथै, भेरी पम्पिङ खानेपानी आयोजनाको ठेक्का सम्झौता गरी आयोजनाको निर्माण कार्य सुरु गर्ने, र जाइकाको अनुदानमा निर्माण भइरहेको पोखरा खानेपानी सुधार आयोजनालाई पनि अगाडि बढाइनेछ ।

दोस्रो सय दिनमा काठमाडौँ उपत्यकाभित्र रहेका ढुङ्गे धारा, इनार, पोखरीहरू संरक्षण गर्ने, वर्षाको पानी सङ्कलन तथा पुनर्भरणका कार्यहरू सञ्चालन गर्ने योजना रहेको छ । यस चरणमा, नेपाल खानेपानी संस्थानबाट थप चार हजार घरधुरीमा खानेपानी प्रणाली सुधार तथा विस्तार गरिनेछ। सहरी खानेपानी आयोजनाअन्तर्गत ६ वटा आयोजनाहरूको समापन गरिनेछ ।

आर्थिक वर्षको बाँकी अवधिमा नगर क्षेत्रका थप चार हजार घरधुरीमा खानेपानी प्रणाली सुधार गरिनेछ । साथै, दमक र विदुर ढल आयोजनाहरूको निर्माण सम्पन्न गरिनेछ । काठमाडौँ उपत्यकाभित्रका थप परम्परागत पानीका स्रोतहरूको संरक्षण, वर्षाको पानी सङ्कलन तथा पुनर्भरणको काम गरिनेछ । यसै गरी, सल्लाघारी, कोड्कु र धोबीघाट ढल प्रशोधन केन्द्रको डिजाइन र निर्माण कार्य अगाडि बढाइनेछ ।

मन्त्री यादवले खानेपानी मन्त्रालयका ठूला परियोजनाहरूले नेपाली जनताको जीवनस्तर सुधार्न महत्त्वपूर्ण योगदान दिने बताउनुभयो । सम्झौता राष्ट्रिय लक्ष्य हासिल गर्नका लागि सशक्त आधार रहेको बताउँदै उहाँले भन्नुभयो, “यो सम्झौता केवल कागजी प्रक्रियामा सीमित नरही जनताको जीवनमा सुधार ल्याउने गरी कार्यान्वयनमा ल्याइनेछ । खानेपानी पहुँच र गुणस्तरको क्षेत्रमा देखिएका चुनौतीहरूको समाधान गर्नका लागि मन्त्रालय प्रतिबद्ध छ, र निर्धारित समयमा काम पूरा गरेर जनतालाई सेवा प्रवाहमा सहजता ल्याउनेछ ।”

सम्झौता अनुसार, तोकिएका कामहरू समयमा पूरा गर्न मन्त्रालयले नियमित अनुगमन गर्ने, जनतालाई प्रत्यक्ष लाभ पुर्‍याउने योजना र परियोजनाहरूको प्रगति समय-समयमा सार्वजनिक समेत गरिनेछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !
मुख्य समाचार

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !

प्रकाशित : २०८१ भाद्र २७,बिहीबार
वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न
मुख्य समाचार

वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न

प्रकाशित : २०८१ भाद्र २७,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद