Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

खानेपानी क्षेत्रको सुधारका लागि  प्रधानमन्त्री ओली र मन्त्री यादवबिच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ भाद्र २७,बिहीबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, २७ भदौ । खानेपानी क्षेत्रमा महत्त्वपूर्ण कार्यहरूको थालनी गर्न खानेपानी मन्त्री प्रदीप यादवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षका लागि कार्यसम्पादन सम्झौता गर्नुभएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली र मन्त्री यादवले सम्झौतामा हस्ताक्षर गरी सम्झौताको प्रति आदानप्रदान गर्नुभएको हो ।

मन्त्री यादवका अनुसार, “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकाङ्क्षालाई साकार पार्न खानेपानी क्षेत्रको सुधार, सेवा प्रवाहमा चुस्तता र ठूला पूर्वाधार परियोजनाहरू तोकिएको समयमा सम्पन्न गरिने लक्ष्यसहित यो सम्झौता गरिएको हो ।

कार्यसम्पादन सम्झौतामा प्रमुख कार्यहरूलाई तीन चरणमा विभाजन गरिएको छ: पहिलो सय दिन (२०८१ कात्तिक ६ सम्म), दोस्रो सय दिन (२०८१ माघ १७ सम्म) र आर्थिक वर्षको बाँकी अवधि। यसअन्तर्गत, हरेक चरणमा निश्चित कार्यहरू सम्पन्न गर्नुपर्ने र हासिल गरिने उपलब्धिहरूको स्पष्ट खाका तयार पारिएको मन्त्री यादवले बताउनुभयो ।

पहिलो सय दिनको अवधिमा, मनसुनका कारण अवरुद्ध मेलम्ची खानेपानी आयोजनालाई पुनः सञ्चालनमा ल्याउने, न्यूरोड-ठमेल क्षेत्रमा थप ३० किलोमिटर पाइपलाइन विस्तार गर्ने, निर्माणाधीन कीर्तिपुर र महाँकालचौरका पानी पोखरीहरूको निर्माण सम्पन्न गर्ने, धोबीघाट फोहर पानी प्रशोधन केन्द्रलाई दैनिक ३ करोड ७० लाख लिटर क्षमता सहित सञ्चालन गर्ने कार्यहरू सम्पन्न गरिनेछन् । यसका साथै, भेरी पम्पिङ खानेपानी आयोजनाको ठेक्का सम्झौता गरी आयोजनाको निर्माण कार्य सुरु गर्ने, र जाइकाको अनुदानमा निर्माण भइरहेको पोखरा खानेपानी सुधार आयोजनालाई पनि अगाडि बढाइनेछ ।

दोस्रो सय दिनमा काठमाडौँ उपत्यकाभित्र रहेका ढुङ्गे धारा, इनार, पोखरीहरू संरक्षण गर्ने, वर्षाको पानी सङ्कलन तथा पुनर्भरणका कार्यहरू सञ्चालन गर्ने योजना रहेको छ । यस चरणमा, नेपाल खानेपानी संस्थानबाट थप चार हजार घरधुरीमा खानेपानी प्रणाली सुधार तथा विस्तार गरिनेछ। सहरी खानेपानी आयोजनाअन्तर्गत ६ वटा आयोजनाहरूको समापन गरिनेछ ।

आर्थिक वर्षको बाँकी अवधिमा नगर क्षेत्रका थप चार हजार घरधुरीमा खानेपानी प्रणाली सुधार गरिनेछ । साथै, दमक र विदुर ढल आयोजनाहरूको निर्माण सम्पन्न गरिनेछ । काठमाडौँ उपत्यकाभित्रका थप परम्परागत पानीका स्रोतहरूको संरक्षण, वर्षाको पानी सङ्कलन तथा पुनर्भरणको काम गरिनेछ । यसै गरी, सल्लाघारी, कोड्कु र धोबीघाट ढल प्रशोधन केन्द्रको डिजाइन र निर्माण कार्य अगाडि बढाइनेछ ।

मन्त्री यादवले खानेपानी मन्त्रालयका ठूला परियोजनाहरूले नेपाली जनताको जीवनस्तर सुधार्न महत्त्वपूर्ण योगदान दिने बताउनुभयो । सम्झौता राष्ट्रिय लक्ष्य हासिल गर्नका लागि सशक्त आधार रहेको बताउँदै उहाँले भन्नुभयो, “यो सम्झौता केवल कागजी प्रक्रियामा सीमित नरही जनताको जीवनमा सुधार ल्याउने गरी कार्यान्वयनमा ल्याइनेछ । खानेपानी पहुँच र गुणस्तरको क्षेत्रमा देखिएका चुनौतीहरूको समाधान गर्नका लागि मन्त्रालय प्रतिबद्ध छ, र निर्धारित समयमा काम पूरा गरेर जनतालाई सेवा प्रवाहमा सहजता ल्याउनेछ ।”

सम्झौता अनुसार, तोकिएका कामहरू समयमा पूरा गर्न मन्त्रालयले नियमित अनुगमन गर्ने, जनतालाई प्रत्यक्ष लाभ पुर्‍याउने योजना र परियोजनाहरूको प्रगति समय-समयमा सार्वजनिक समेत गरिनेछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८१ भाद्र २७,बिहीबार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८१ भाद्र २७,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद