Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home Uncategorized

दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई जागिरबाट हटायाे : वीरगंज महानगरपालिका

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष १,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज,०१ पुस । वीरगंज महानगरपालिकाले दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरुलाई जागिरबाट हटाएकाे छ। बिहीबार महानगरपालिकाले एक सुचना जारी गर्दै महानगरपालिकाकाे कार्यालय र यश अन्तरगतका वडा कार्यालयमा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरुलाई आज पुस १ गते शुक्रबारदेखि सेवाबाट हटाइएकाे उल्लेख छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पाैडेलकाे हस्ताक्षर रहेकाे उक्त सुचनामा महानगरपालिका कार्यापालिकाकाे मंसिर २६ गतेकाे निर्णय अनुसार महानगरपालिकाकाे कार्यालय, यस मातहतका सबै कार्यालय, स्वास्थ्य केन्द्र , स्वास्थ्य चाैकीमा दैनिक ज्यालादारीमा कार्यरत वारुणयन्त्र शाखा र नगर प्रहरी बाहेक अरु सबै कर्मचारीलाई पुस १ गतेबाट लागू हुने गरि ज्यालादारी सेवाबाट हटाइएकाे व्यवहाेरा उल्लेख छ ।

गत स्थानिय तहकाे निर्वाचनबाट निर्वाचित नयाँ जनप्रतिनिधिहरु आएपछि महानगरपालिकाले दैनिक ज्यालादारीमा ४५० जनाभन्दा बढि कर्मचारीलाई नियुक्त गरेकाे थियाे ।

महानगरले दैनिक ज्यालादारीमा कति जना कर्शमचारी नियुक्त गरेकाे थियाे र अहिहले कति जनालाई जागिरबाट हटाएकाे हाे ? भन्ने बारेमा बुझ्न प्रमुख प्रशासकीय अधिकृत पाैडेल र प्रशासन महाशाखा प्रमुख राम कुमार कुशवालाई पटक पटक फाेन गरेर सम्पर्क गर्दा दुवै जनाकाे फाेन उठेन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज बजारमा नक्कली नेपाली नोटको बिगबिगी, बीसीसीआईद्वारा सचेत रहन आग्रह
मुख्य समाचार

वीरगञ्ज बजारमा नक्कली नेपाली नोटको बिगबिगी, बीसीसीआईद्वारा सचेत रहन आग्रह

प्रकाशित : २०७९ पुष १,शुक्रबार
राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पर्सा–२ मा अगुवा नेता तथा कार्यकर्ता भेला सम्पन्
मुख्य समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पर्सा–२ मा अगुवा नेता तथा कार्यकर्ता भेला सम्पन्

प्रकाशित : २०७९ पुष १,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद