Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home Uncategorized

राजेन्द्र बहादुर अमात्य पनि उत्रिए अजय चौरसियालाई जिताउन चुनावी प्रचारमा

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक १९,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,१९ कार्तिक : पर्सा क्षेत्र नम्बर २ का सत्तागठबन्धनले चुनावी प्रचार प्रचार कार्यक्रमलाई निरन्तरता दिदै शनिबार वीरगन्ज महानगरपालिका वडा नम्बर ६ मा घरदैलो गरेको छ ।
गठबन्धनबाट नेपाली काँगेसका प्रतिनिधीसभा सदस्य उम्मेदवार अजय चौरसिया र लोसपाका प्रदेशसभा सदस्य उम्मेदवार रमेश कुर्मीले शनिबार साँझ नेता कार्यकर्ताहरुका साथ वडा नम्बर ६ माइस्थान, महावीरस्थान लगायतका क्षेत्रमा घरदैलो कार्यक्रम गरेका हन् ।
शनिबार वडा नम्बर ६ मा भएको चुनावी घरदैलो कार्यक्रममा काँग्रेस पर्साका पूर्व सभापति एंव संविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्य पनि सहभागी थिए । घरदैलोका क्रममा चौरिसयासंगै मतदाताको घरदैलोमा पुगेर अमात्यले पनि चौरसियाका लागि मत मागे ।उनले काँग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनको जित मुलुकका लागि आवश्यकता भएकोले गठबन्धनका उम्मेदवारलाई अत्याधिक मत दिएर जिताउन मतदातासंग आग्रह पनि गरे ।
घरदैलो कार्यक्रममा प्रतिनिधीसभा सदस्य चौरसियासंगै मतदाताको घदैलोमा पुगेर पूर्व जिल्ला सभापति अमात्यले मत माग्न थालेपछि यसले पर्सा २ मा काँग्रेस नेतृत्वको गठबन्धन अझ मजबुत भएको काँग्रेसी नेताहरुले बताएका छन् ।
किन कि मनोनयनका दिन देखि नै टिकट नपाएर असन्तुष्ट भएका अमात्यले चौरिसियालाई सहयोग नगर्ने चर्चा व्यापक थियो । तर त्यो चर्चा शनिबार देखि झुठो साबित भएको छ । किन कि अमात्यले शनिबार देखि चौरसियाका लागि आफै मतदाताका घर घरमा पुगेर मत माग्न शुरु गरिसकेका छन् । यसले पर्सा २ मा आम काँग्रेसीहरुको मनोबल झन् बढेको काँग्रेसका नगर सभापति मणिन्द्रलाल श्रेष्ठले बताए ।
पर्सा २ मा प्रतिनिधीसभा सदस्यमा काँग्रेसका उम्मेदवार चौरसियाले बजारको हल्लामा कुनै सत्यता नरहेको भन्दै अमात्य पार्टीका वरिष्ठ नेता भएको र अमात्य आफुलाई जिताउन कम्मर कसेर लागेको बताए । अमात्यले आफुलाई जिताउन कुनै कसर कसर बाँकी नराख्ने भन्दै चौरसियाले भने , कार्य व्यवस्तताका कारण उहा केहि दिन वीरगन्ज् बाहिर हुनुहुन्थ्यो , अब वीरगन्ज आइ सक्नु भएको छ , उहाले काँग्रेसलाई जिताउन कुनै कसर बाँकी राख्नु हुन्न ।
शनिबारको घरदैलो कार्यक्रममा मधेस सरकारका पूर्व मन्त्री ओम प्रकाश शर्मा , काँग्रेस नेताहरु राकेश सिंह, वीरगन्ज महानगरपालिका वडा नम्बर १० का पस्र्व वडाअध्यक्ष रामनगीना साह कानु , काँग्रेस नेता दिना गुप्ता, विजय कर्ण , रोशन लामिछाने ,जिल्ला कार्य समिति सदस्य ज्योतिष सम्राट पुरुषोत्तम दुबे, नगर सहसचिव दिपक साह, सज्जन अग्रवाल लगायतको पनि सहभागीता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ कार्तिक १९,शनिबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ कार्तिक १९,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद