वीरगन्ज । पर्साको पकाहाँ मैनपुर गाउँपालिकामा राजनीतिक भागबन्डाको आधारमा अवैधानिक तरिकाले कर्मचारी नियुक्त गरिएका छन् ।
गाउँपालिकामा उपाध्यक्षमा निर्वाचित सर्फुन नेशाका ५० वर्षिय श्रीमान मोहमद नर्शुलाह मियाँको पालिकाको कर्मचारीमा नियुक्त गरिएको छ । नेपाल सरकारको ऐन अनुसार ४० वर्ष सम्मका लाई मात्र कर्मचारीमा नियुक्त गर्ने प्रावधान रहेको हुँदा कुन ऐन नियमले मियाँको नियुक्ति गरिएको छ भने सोध्दा जवाब दिन पालिकामा कोई भेटिएनन् ।
यसरी हेर्दा दर्जनौ गाउँपालिकामा नियुक्ति गरिएको छ । जुन नियुक्तिले अहिले पालीमा ठूलो समस्या निम्त्याएको छ । पालिका अध्यक्ष सुरेश मेहता र उपाध्यक्ष सर्फुन् नेशालाई नियम ऐन मिचेर भागबन्डा लगाई नियुक्ति गरिएको छ ।
अध्यक्ष मेहताको निकट रहेका मुक्ति शर्मा कुमार शर्मालाई मासिक ज्यालादारीमा , सुनिल कुमार चौहानलाई मासिक ज्यालादारीमै , सुबोध कुमार कुशवाहा , सुबोध मेहता ,मुना राउत कुर्मी कार्यालय सहयोगी लगायतको नियुक्ति अवैधानिक तरिकाबाट गरिएको छ ।
यस्ता अरू थुप्रै फर्जी नियुक्ति गरिएको छ । जस मध्ये कतिपयले सेवा सुविधा पाएका छैनन भने कतिपयले पाई सकेका छन् , नपाएका हरुले आईतबार देखि पालिकामा तल्ला लगाउने समेत धम्की दिएका छन् ।
जनप्रतिनिधिहरु विकास निर्माणको काममा र जनताका समस्याहरु सम्बोधनको काममा खटिनुपर्नेमा शुरुमै कर्मचारी नियुक्त गर्ने होडमा लागेको स्थानीयहरुले बताएका छन् ।नियुक्तिको विषयलाई लिएर निर्वाचित जनप्रतिनिधि र गाउँपालिका प्रमुखबीच आरोप÷प्रत्यारोप सुरु देखि चल्दै आएको छ ।
गाउँपालिकामा एउटा कम्पुटर शाखा भएपनि १० जनालाई कम्पुटर अपरेटर नियुक्ति गर्नु भनेको भ्रष्टचार बाहेक केही नगर्नु स्थानियहरुले आरोप लगाएका छन् ।
अध्यक्ष मेहता र उपाध्यक्ष नेशालाई कानुनले स्वकीय सचिव र सल्लाहकार नियुक्त गर्न नमिल्ने भएपछि कम्पुटर अपरेटर एवं कार्यालय सहयोगीमा नियुक्ति गराई पालिकालाई आर्थिक भार थप्ने काम गरेको एक बुद्धिजीवीले बताएका छन् ।
स्रोतका अनुसार यी सबै नियुक्तिमा गाउँपालिकाको प्रशासन प्रमुख हरीमोहन महतोको ठूलो चलखेल रहेको छ । सभार ज्योती दैनिक
© 2024



