Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

चाचान ग्रुपद्वारा वीरगञ्जमा ‘थ्रिल वाटर पार्क’ सञ्चालनमा

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख २२,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । बाराको परवानीपुरमा मनोरञ्जका लागि ‘वाटर पार्क’ सन्चालनमा आएको छ । व्यवसायिक घराना चाचान ग्रुपले ७ करोड रुपैयाँको लगानीमा ‘थ्रिल वाटर पार्क’सञ्चालनमा ल्याएको हो ।

परवानीपुर गाँउपालिका वडा नम्बर ४ लिपनीमालस्थित वीरगञ्ज पथलैया सडक खण्ड छेउमै सञ्चालनमा ल्याइएको उक्त वाटर पार्कको शुक्रबार चाचान ग्रुपका अध्यक्ष बाबुलाल चाचानले उद्घाटन गरे ।

परवानीपुरमा शुक्रबारदेखि सञ्चालनमा ल्याइएको ‘थ्रिल वाटर पार्क’ मधेश प्रदेशकै पहिलो वाटर पार्क भएको सञ्चालक निखिल चाचानले बताए । उनले भने, ‘काठमाडौं, चितवन, भक्तपुर बाहेक मधेश प्रदेशमै यो पहिलो वाटर पार्क हो ।’

बालबालिकादेखि बृद्धबृद्धासम्मलाई लक्षित गरि सञ्चालनमा ल्याइएको ‘थ्रिल वाटर पार्क’ स्वीमिङ पुल, पानीको फोहोराले मसाज गर्ने ‘ज्याक उ पुल’ समुन्द्रको जस्तो छाल आउने ‘वेभ पुल’, ‘रेन डान्स’, ‘ट्याप डूर स्लाइड’ का साथै रेष्टुरेण्ट पनि सञ्चालनमा ल्याइएको चाचानले बताए । उनले भने, ‘पर्सा, बारा, मकवानपुरका साथै भारत बिहारको रक्सौल, बेतिया र मोतिहारीसम्मका स्थानीयलाई लक्षित गरि यो वाटर पार्क खोलिएको हो ।’

वाटर पार्कमा बालबालिकाका लागि प्रति व्याक्ति ५ सय र वयष्कका लागि प्रति व्याक्ति ७ सय रुपैयाँ शुल्क तोकिएको उनले जानकारी गराए । चाचानकाअनुसार थ्रिल वाटर पार्क मा २२ जनाले रोजगारी पनि पाएका छन् ।

अहिले वाटर पार्ककै छेउमा चाचान ग्रुपले यसअघि साहसिक मनोरञ्जनात्मक खेलसहितको रमाइलो गर्न ‘थ्रिल फयाक्ट्री’ ८ महिना पहिले सञ्चालनमा ल्याइसकेको छ । ‘थ्रिल फयाक्ट्री ’मा ८ महिनाको अवधीमा २२ हजार भन्दा बढिले अवलोकन गरिसकेको सञ्चालक चाचानले बताए । उनले भने, ‘८ महिना पहिले ‘थ्रिल फयाक्ट्री’ सञ्चालनमा ल्यायौं, त्यसको कारोबारबाट उत्साहित भएर नै अहिले ‘वाटर पार्क’ सञ्चालनमा ल्याएका हौं ।’

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा
मुख्य समाचार

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा

प्रकाशित : २०८० बैशाख २२,शुक्रबार
“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा
मुख्य समाचार

“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा

प्रकाशित : २०८० बैशाख २२,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद