वीरगञ्ज । पर्साको पटेर्वासुगौल गाउँपालिकाले भोली शोक विदा दिएको छ ।
एकजना कर्मचारीको दुर्घटनामा परी निधन भएपछि गाउँपालिका कार्यालय र मातहातका वडा कार्यालय मात्र बन्द रहने गरी शोक विदा दिइएको हो ।
सोमबार राती एउटा सूचना जारी गर्दै वडा नम्बर ४ मा कार्यरत कार्यालय सहयोगी नीञ्जन महतो थारुको निधन भएको शोकमा विदा दिइएको जनाएको छ ।
गाउँपालिका अन्तर्गतका शैक्षिक संस्था, स्वास्थ्य संस्था लगायातमा भने विदा छैन । चौधरीको दुर्घटनामा परेर मृत्यु भएको बुझिएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस