वीरगञ्ज ,१६बैशाख । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ४ महुवन साेलखपुरमा दुध संकलन केन्द्र ( दूध डेरी)सञ्चालनमा आएको छ ।
अटल कृषि सहकारी संस्था लिमिटेडले सञ्चालनमा ल्याएकाे दूध डेरीकाे शनिबार सखुवा प्रसाैनी गाँउपालिकाका अध्यक्ष यशवन्त यादवले उद्घाटन गरेका हुन् ।
दूध डेरीकाे उद्घाटन गर्दै अध्यक्ष यादवले किसानको उत्पादनलाई सहज रुपमा बजारीकरण गर्ने गाउँपालिकाको पनि उद्देश्य रहेको बताउँदै गाउँपालिकाले पनि सहकारी संस्थासंग समन्वय र सहकार्य गर्ने बताए । दुध डेरी सञ्चालनमा आएसँगै स्थानीय पशुपालक किसानहरु दुध उत्पादनमा अझ प्रेरित हुने विश्वास लिएको अध्यक्ष यादवले बताए ।
दुग्ध विकास संस्थान (डिडिसी) हेटौडाका प्रमुख नविन शर्माका अनुसार उक्त डेरीले किसानबाट संकलन गर्ने दुध डिडिसीले नै खरिद गर्नेछ । दुध उत्पादन गरेरै राम्रो आम्दानी गर्न सकिने बताउँदै शर्माले दुध उत्पादन बढाउन कृषकहरुलाई आग्रह पनि गरे ।
उद्घाटन कार्यक्रममा डिडिसीका संकलन प्रमुख रुपलाल यादव, सखुवाप्रसौनी गाउँपालिकाकाे कृषि शाखाका दयाराम वाग्ले लगायत स्थानीय पशुपालक किसानहरुको पनि उपस्थिती रहेको थियो ।
दैनिक पाँच सय लिटर दुध संकलन गर्दै आएको कृषि सहकारी संस्थाले यही महिनाभित्र १५ सय पु¥याउने लक्ष्य राखेको संस्थाका अध्यक्ष दिपेन्द्र महतो कोइरीले जानकारी दिए ।