Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

शाहीले बर्दीको गलत दुरूपयोग गर्दै

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख ९,शनिबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज/ वडा प्रहरी कार्यालय श्रीपुर वीरगंजका प्रहरी निरीक्षक आशुतोष बहादुर शाहीले बर्दीको गलत दुरूपयोग गर्दै हरे कृष्ण, हरे नाम राम राम हरे हरे नामको किर्तन गरिरहेका व्यक्तिहरूमाथि एकाएक जाई लागेका छन् ।

धर्म निरपेक्ष देश नेपालमा सबै धर्मावलम्बीले स्वतन्त्रतापूर्वक आफ्नो धर्म, संस्कृति मान्न पाउनु पर्ने, पूजा पाठ, भजन किर्तन गर्न पाउनु पर्ने संवैधानिक व्यवस्थामाथि राष्ट्रसेवक कर्मचारीले खुल्ला रुपमा बन्देज लगाउने प्रयास गरेका छन्।

शनिवार परेको पर्शुराम जयन्तीको अवसरमा बिहान करीब साढ़े नौ बजे तिर हरे कृष्ण हरे राम नामक भजन किर्तन गर्दै घण्टा घर पुगेका सनातनीहरूमाथि इंस्पेक्टर शाहीसहितको टोलीले दुर्व्यवहार गर्दै तत्काल किर्तन बन्द गर नत्र लगेर थुनिदिन्छु भन्दै धम्की दिएको प्रत्यक्षदर्शीहरुले बताएका छन्।
इंस्पेक्टर शाहीले आफूले प्रमुख जिल्ला अधिकारीको आदेशमा भजन किर्तनमाथि रोक लगाउनु परेको बताए।

भजन किर्तन गर्नेहरूमाथि सार्वजनिक रुपमै दूर्यव्यवहार गर्न थालिएपछि सो ठाउँको दृश्य कैद गरिरहेका संचारकर्मीमाथि पनि इंस्पेक्टर शाहीले मोबाईल खोस्न लगाउनुको साथै धाक धम्की दिन लगाईरहेको देखेपछि सर्वसाधारण नागरिकले अरुमाथि असर नहुने गरी स्वतंत्रतापूर्वक ईश्वरको नाम लिन रोक लगाउने इंस्पेक्टर शाहीको ब्यवहारबाट तीन छक्क परेका छन्।
यता सोही किर्तन गर्ने मध्येकाका गुरुलाई किर्तन नगर्न आग्रह गरी फिर्ता पठाई साथै दुई जनालाई नियंत्रणमा लिई सम्झाई बुझाई गरी फिर्ता पठाईएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताउनु भयो।

अरुलाई असर नपर्ने गरी आफ्नो धर्म संस्कृति मान्न पाउनु पर्ने संवैधानिक स्वतन्त्रता राष्ट्रसेवक प्रहरीबाट नै हस्तक्षेप गरिन्छ भने अन्यबाट कस्तो अपेक्षा गर्ने? भन्ने प्रश्न तेर्सिएको छ।सभार चन्द्र सुर्य वाणी

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० बैशाख ९,शनिबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० बैशाख ९,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद