Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मधेस प्रदेश : ४५ करोड बढीको गाडी खरिद

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख १,शुक्रबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

मधेस प्रदेश सरकारले एक वर्षमा ४५ करोड बढिको गाडी खरिद गरेको पाइएको छ ।

महालेखा परीक्षकको कार्यालयले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८÷७९ को ६०औँ वार्षिक प्रतिवेदनमा सातवटै प्रदेशमध्ये सबैभन्दा बढि मधेस प्रदेश सरकारले ४५ करोड ३१ लाख रुपैयाँ बराबरको गाडी खरिद गरेको उल्लेख छ ।

त्यस्तै, बागमती प्रदेशले ३० करोड ८ लाख, लुम्बिनी प्रदेशले २५ करोड ७३ लाख, कोशी प्रदेशले २१ करोड ७५ लाख, गण्डकी प्रदेशले ९ करोड २२ लाख, कर्णाली प्रदेशले ६ करोड ८७ लाख र सुदूरपश्चिम प्रदेशले १ करोड ५५ लाखसहित १ अर्ब ४० करोड ५१ लाखको सवारीसाधन खरिद गरेको छ ।

सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्नेसम्बन्धी मापदण्ड, २०७७ को दफा ७ ९१० अनुसार नेपाल सरकार अर्थ मन्त्रालयको पूर्व स्वीकृति लिएर मात्र सवारीसाधन खरिद गर्न सकिने व्यवस्था छ ।

सवारी साधन खरिद गर्दा कतिपय कार्यालयले मापदण्डको पालना नगरेको देखिँदा मापदण्डको पालना गरी सवारी साधन खरिदमा मितव्ययिता कायम गर्नुपर्ने महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

मधेस प्रदेश सरकारले गत आर्थिक वर्षमा सार्वजनिक खर्चमा मितव्ययिता कायम नगरेको महालेखाको ठहर छ। साभार : नेपाल खबर

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेजका एमबीबीएस विद्यार्थीद्वारा अन्तर्राष्ट्रिय स्तरको ईएनटी पाठ्यपुस्तकमा सुधारको सुझाव, लेखकबाट धन्यवाद तथा आगामी संस्करणमा सच्याउने प्रतिबद्धता
मुख्य समाचार

नेशनल मेडिकल कलेजका एमबीबीएस विद्यार्थीद्वारा अन्तर्राष्ट्रिय स्तरको ईएनटी पाठ्यपुस्तकमा सुधारको सुझाव, लेखकबाट धन्यवाद तथा आगामी संस्करणमा सच्याउने प्रतिबद्धता

प्रकाशित : २०८० बैशाख १,शुक्रबार
एपेक्स म्यानेजमेन्ट कलेजको बीबीएमा उद्योग–मैत्री सिकाइलाई प्राथमिकता
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजको बीबीएमा उद्योग–मैत्री सिकाइलाई प्राथमिकता

प्रकाशित : २०८० बैशाख १,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद