Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बिरगंज आएर दुर्गा प्रसाईले भने : अझै यस्ता ८ वटा अडियो मसंग छ , ती पनि सार्वजनिक गर्छु

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र २७,सोमबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज ,२१चैत । मानव बचाउ भन्ने नारा दिएर देशव्यापी अभियान चलाएका दुर्गा प्रसाईले नेपालको सबै भन्दा भ्रष्ट पार्टी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रहेको आरोप लगाएका छन् ।

सोमबार वीरगन्जमा आयोजित विरोधसभालाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै प्रसाईले भने,‘ रविको पार्टी त कांग्रृस एमाले र माओवादी भन्द्या बढि बढि भ्रष्ट निस्कियो ।

रास्वपाका निलम्बित सांसद ढाका बहादुर श्रेष्ठले मन्त्री बन्नका लागि दुई करोड रुपैया घुस मागेको अडियो आइतबार सार्वजनिक गरेका प्रसाईले भने,‘ जुन पार्टीमा मन्त्री बन्नका लागि सांसदले पार्टी अध्यक्षलाई दुई करोड घुस बुझाउनु पर्ने हुन्छ त्यो पार्टीले गरिब निमुखा जनतालाई उन्मुक्ति दिलाउने कुरा सम्भव नै छैन ।

कांग्रेस, कम्युनिष्ट र माओवादीले देश बिगारे भनेर खोलिएको रास्वपा पनि देश र जनतालाई लुट्नमै तल्लीन रहेको पुष्टि भइसकेको आरोप पनि प्रसाईले लगाए ।

अहिले एउटा मात्रै अडियो सार्वजनिक गरेको बताउँदै प्रसाईले अझै यस्ता ८ वटा अडियो आफुसंग रहेको पनि बताए । प्रसाईले भने,‘ ती ८ मध्ये अझै राष्ट्रिय स्वतन्त्र पार्टीका मात्रै ३ जनासँगको अडियो मसंग सुरक्षित छ । समय आएपछि ती अडियोपनि सार्वजनिक गर्दै जाने उनले बताए ।

उनले लघुवित्त तथा सहकारीको २० लाख सम्मको सबैको ऋण मिनाहा गर्ने प्रतिबद्धता पनि जनाए । उनले भने, ‘लघुवित्त र सहकारीमा यदि तपाईहरुको ऋण छ भने २० लाखभन्दा मुनीको कसैले पनि नदिनुहोला, माग्न आउनेलाई बरु मिलेर बाँधेर राख्नुहोला ।’ ब्याज नदिँदा जग्गा कब्जा गरेको भए जग्गा पनि फुकुवा गराइदिने उनले आश्वासन दिए ।

बैंक तथा लघुवित्तहरुको आतंक विरुद्ध आफुले देशव्यापी महाअभियान चलाउदा आफुलाइ जेल्न हाल्ने धम्की पनि आएको उनले बताए । तर त्यस्ता धम्कीबाट आफु नडराएको भन्दै उनले भने,‘ यो देश दलाल र सामन्तिका मतियारहरुको बाउको बपौती होइन , तीनका बाउहरुले बनाएको जेल पनि होइन , त्यसका कारण मलाई जेल हाल्न सक्ने औकात कसैको छैन ।

अहिलेको संसदमा गरिब , शोषित , पिडित जनतको आँखाको आंशु पुछ्ने कोहि पनि व्याक्ति नभएकाले उनिहरुबाट समृद्धि र परिवर्तनको आश गर्नु बेकार रहेको प्रसाईले जिकिर गरे । उनले भने,‘ त्यसकारण अहिलेको राजनीतिक व्यवस्था परिवर्तन गर्नै पर्छ , यसका लागि सारा शोषित पिडित जनता सडकमा एकजुट भएर उत्रिनुपर्छ ।

राप्रपाबाट संघीय सांसदका प्रत्याशी बनेका नरेश साह कानुको अध्यक्षतामा भएको विरोधसभालाई हिन्दु युवा परिषदका केन्द्रिय अध्यक्ष सन्तोषानन्द महाराज लगायतले पनि सम्बोधन गरेका थिए । साभार: मधेश खबर

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा
मुख्य समाचार

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा

प्रकाशित : २०७९ चैत्र २७,सोमबार
“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा
मुख्य समाचार

“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा

प्रकाशित : २०७९ चैत्र २७,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद