Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बारामा पनि दलित समुदायलाई महायज्ञ प्रवेशमा राेक

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र २६,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज ,२६चैत । बाराको सुवर्ण गाउँपालिकामा आइतबार देखि हुन लागेको विष्णु महायज्ञमा दलित समुदायलाई पूजापाठ र प्रवेश गर्नसमेत रोक लगाएपछि स्थानीय दलित अगुवाहरुले जिल्ला प्रशासन कार्यालय कलैयामा उजुरी दिएका छन् ।

सुवर्ण गाउँपालिका वडा नम्बर १ घुसुकपुरमा आइतबारदेखि हुन लागेको महायज्ञमा स्थानीय दलित समुदायका भक्तजनहरुलाई छुवाछुत गरी प्रवेश गर्न नदिइएको भन्दै गत चैत्र १९ गते नेपाल दलित मुक्ति संगठनले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएको हो । दलित समुदायको बसोबास रहेको स्थान नजिकै यज्ञ आयोजना हुन लागेको हो ।

गाउँका माथिल्लो समुदायका भनिएका केही मान्छेहरुको पहलमा घुसुकपुरमा आइतवारदेखि आगामी ५ वैशाखसम्म धार्मिक यज्ञ हुन लागेको छ । यज्ञको सबै तयारी भएपछि स्थानीय करिब ९० घरपरिवारका दलित समुदायका श्रद्धालुहरुलाई सहभागी हुनबाट वञ्चित गरिएको आरोप उजुरीपत्रमा उल्लेख छ ।

यज्ञ आयोजकले आफ्ना बालबालिकालाई पनि यज्ञमा नपठाउन र उर्दी विपरीत पठाएको खण्डमा कुटपिट गर्ने धम्की समेत दिएको पीडित दिलतहरुको गुनासो छ । यद्यपि यज्ञस्थलको मण्डप, पण्डाल, ध्वजापूजा, सरसफफाइ र चन्दा संकलनजस्ता कार्यमा भने दलित समुदायका मानिसहरुलाई प्रयोग गरिएको थियो ।

आफूहरुलाई यज्ञमा पूजापाठ, हवनलगायत धार्मिक कार्यबाट वञ्चित गराएको भन्दै दलितहरुले आयोजक मध्येका रामदेवप्रसाद यादव, इनरदेव यादव, पप्पु यादव, रामअश्रय यादव, दिनेश उपाध्याय, चन्द्रिका उपाध्यायलगायत एक दर्जनविरुद्ध जिप्रकामा लिखित उजुरी गरेका हुन् ।

प्रचलित कानुनले जातपातको नाममा कसैमाथि पनि छुवाछुत गर्न नपाइने र यस्तो कसुर गर्नेमाथि २० हजारदेखि २ लाखसम्म दण्ड र ६ महिनादेखि तीन वर्षसम्म जेल सजायको व्यवस्था गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०७९ चैत्र २६,आईतवार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०७९ चैत्र २६,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद