Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मेयर सिंहको एक्सन, वर्षौंदेखि रामजानकी मन्दिर अतिक्रमण गरेर बनाइएका संरचनामा चल्यो डोजर 

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र २५,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको वडा नं.१० स्थित घडिअर्वा पोखरीको मूलद्वार सामुन्ने रहेको रामजानकी मन्दिरमा भएको अतिक्रमण हटाइएको छ ।

आफू मन्दिरको पुजारी हुँ भन्दै शम्भुनाथ तिवारीले महानगर विरुद्ध मन्दिर अतिक्रमण तथा तोडफोड गर्न नदिन माग गर्दै उच्च अदालत वीरगञ्जमा दिएको रिट अस्वीकार भएसँगै महानगरले कथित पुजारीले मन्दिर नै बन्धक बनाउने गरि निर्माण गरेको संरचना डोजर लगाएर हटाएको हो ।

गएको फागुन ४ गते पुजारीकै पक्षमा जारी भएको अन्तरिम आदेश खारेजीको माग गर्दै महानगरले अदालतमा निवेदन दिए पछि शुक्रबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र शान्ता सेढाई सापकोटाको संयुक्त इजलासले महानगरकै पक्षमा आदेश दिएसँगै शनिबार अतिक्रमण हटाइएको हो ।

गएको तीन दसक भन्दा बढी समयदेखि मन्दिर प्रवेशमा रोक लगाएर अतिक्रमण गरि निर्माण गरिएको पक्कि संरचनामा कथित पुजारीले भाडा असुलि गर्दै आएका थिए ।

महानरपालिकाका प्रमुख राजेशमान सिंहले मठमन्दिर तथा सार्वजनिक, ऐलानी जग्गा खोजी अभियान नै चलाएर अहिले अतिक्रमण हटाउँदै आउनु भएको छ ।

अतिक्रमण हटाउन महानगर प्रमुख सिंह आफैं डोजरसहित पग्नु भएको थियो ।

वि.सं.१९८२ देखि रामजानकी मन्दिरकै नाममा रहेको यो जग्गामा कथित पुजारी तिवारीले गएको तीन दसक भन्दा बढी समयदेखि मन्दिर नै बन्धक हुने गरी अतिक्रमण गरेर तीनै तर्फ पक्की संरचना बनाएर भाडा लगाएका थिए ।

अदालतले महानगरकै पक्षमा आदेश दिएसंगै अब सबै अतिक्रमित संरचना हटाएर मन्दिरलाई पुरानै संरचनामा फर्काएर दैनिक पुजापाठ हुने गरि संचालनमा ल्याउने महानगर प्मुख सिंहले बताउनु भयो ।

वर्षौंदेखिको अतिक्रमण हटेसँगै स्थानीय खुशी भएर महानगर प्रमुख सिंहलाई धन्यवाद दिँदै लड्डु बाँडेका थिए ।

अतिक्रमण हटाउन महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, वडा न १० का वडा अध्यक्ष सुशील कुमार कानु, नगर प्रमुखको प्रेस सल्लाहकार महेश दास, स्वकीय सचिवसत्यराज घिमिरे , जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, प्रशासन प्रमुख राज ताम्राकार, सरसफाइ प्रमुख सर्फुदिन मियाँ समेतको टिम अतिक्रमित स्थान पुगेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता
मुख्य समाचार

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता

प्रकाशित : २०७९ चैत्र २५,शनिबार
पर्सामा निर्वाचनको सबै तयारी पूरा
मुख्य समाचार

पर्सामा निर्वाचनको सबै तयारी पूरा

प्रकाशित : २०७९ चैत्र २५,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद