Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बाराको महागढीमाई नगरपालिकाले नगरवासीलाई निशुल्क रगत उपलब्ध गराउने 

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र २२,बुधबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । बाराको महागढीमा नगरपालिकाले नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ । पालिकाले आफ्नो जनतालाई बिरामी अवस्थामा रगत आवश्यक हुंदा निःशुल्क रगत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाईटी पर्सा शाखासँग सम्झौता गरेको छ ।

नगरपालिकाको तर्फबाट नगर प्रमुख उपेन्द्र प्रसाद यादव र रेडक्रस पर्साको तर्फबाट सभापति विरेन्द्र राज कँडेलले हस्ताक्षर गरेका छन् । सम्झौता पत्र नगर प्रमुख उपेन्द्र प्रसाद यादव र रेडक्रस पर्साको सभापति विरेन्द्र राज कँडेलले एकआपसमा हस्तान्तरण गरेका छन् ।

सम्झौता पत्रमा जनतालाई बिरामी अवस्थामा उपचारको क्रममा डाक्टरको सिफारिसमा रगत आवश्यक हुंदा पालिकाको बासिन्दा प्रमाणित हुने परिचय पत्रको आधारमा र कर्मचारीको हकमा पालिकाको सिफारिसको आधारमा रक्तसंचार केन्द्रले निःशुल्क रगत उपलब्ध गराउनु पर्ने छ भने सोमा लाग्ने सेवाशुल्क पालिकाले उपलब्ध गराउनु पर्नेछ ।

सम्झौताको क्रममा सभापति विरेन्द्र राज कँडेलले रेडक्रसले विपद, स्वास्थ्य एवं सामाजिक विकासका क्षेत्रमा समन्वय गरेर अगाडि बढ्न सकिने बताउनुका साथै रेडक्रसले निर्माण गर्न लागेको आधुनिक रक्तसंचार केन्द्र भवनका लागि सहयोग गर्न अनुरोध गर्नु भएकोमा नगर प्रमुख यादवले मानवीय सेवा गर्न आफू सधै तयार रहने बताउनुभयो ।

सम्झौता हस्तान्तरण कार्यक्रममा महागढीमाई नगरपालिकाका उपप्रमुख तारा देवी कानु, नेपाल रेडक्रस सोसाईटी पर्साका कोषाध्यक्ष महन्थ यादव, सदस्य शिवनाथ यादव, नि.कार्यालय प्रमुख बिरशम्शेर कुर्मीको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पूर्व गाविस अध्यक्ष तथा तमलोपाका पूर्व पर्सा जिल्ला सभापति रास्वपामा प्रवेश
राजनिती

पूर्व गाविस अध्यक्ष तथा तमलोपाका पूर्व पर्सा जिल्ला सभापति रास्वपामा प्रवेश

प्रकाशित : २०७९ चैत्र २२,बुधबार
पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप
आर्थिक

पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप

प्रकाशित : २०७९ चैत्र २२,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद