Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home स्थानिय

वीरगंज उद्योग वाणिज्य संघका कर्मचारीहरु द्वारा अध्यक्ष तथा पदाधिकारीहरुको स्वागत

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र २०,सोमबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,२० चैत । वीरगंज उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष अनिल अग्रवाल तथा पदाधिकारीहरुको संघका कर्मचारीहरुले आज एक कार्यक्रमका बिच विधिवत रुपमा स्वागत गरेको छ ।

स्वागतका क्रममा अध्यक्ष अग्रवालले कर्मचारीहरु्द्वारा गरिएको स्वागतको सराहना गर्दै आज देखी संघको क्रियाकलाप र सेवाग्रहीलाई दिने सेवा अझ सशक्त ढंगबाट अघि बढाउन सचिवालयलाई निर्देशन दिनु भएको थियो । उहाँले सचिवालयको भुमिका अत्यन्तै महत्वपुर्ण हुने भएकोले बर्तमान नवनिर्वाचित पदाधिकारी, कार्यसमिति सदस्यहरु संगको सम्बन्ध प्रगाढ बनाउन तर्फ सबैपक्षको साझा दायित्व रहेको कुरामा जोड दिनु भयो ।

अध्यक्ष अग्रवालले वर्तमान प्रतिकुल परिस्थितीमा हाम्रो काँधमा आएको जिम्मेवारीलाई निष्ठा पुर्वक निर्वहन गर्ने बताउनुभयो । उहाँले उद्योग व्यापार, आयात निर्यात, कर भन्सार राजश्व, बैंक तथा बित्तिय संस्था लगायतका आर्थिक क्षेत्र संग सम्बन्धीत बिषयहरु संग जोेडिएका समस्याको निराकरणममा वीरगंज उद्योग वाणिज्य संघका नवनिर्वाचत पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको सकृय भुमिका रहने बताउनुुभयो ।

यसैगरी निवर्तमान अध्यक्ष डा.सुबोध कुमार गुप्ताले संघको दुई बर्षको अध्यक्षिय कार्यकालमा साथीहरुको सहयोगबाट संघको भुमिकालाई सघन बनाउने तथा संघको छबिलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत पहिचान दिलाउन सहयोग पु¥याउने तत्कालीक पदाधिकारी तथा कार्यसमिति सदस्यहरु प्रति अभार व्यक्त गर्दै सचिवालयका कर्मचारीहरुको भुमिका अत्यन्तै प्रशंसनिय रहेको बताउनु भयो ।

उहाँले मेरा अनन्य मित्र नवनिर्वाचित अध्यक्ष अनिल अग्रवाल लगायत पदाधिकारी, कार्यसमिति सदस्यहरुले हिजो भन्दा अझ सशक्त रुपमा संघको भुमिका विस्तार गर्नु हुने छ भन्नेमा आफु विश्वस्त रहेको बताउनुभयो ।

कार्यक्रममा बरिष्ठ उपाध्यक्ष हरिप्रसाद गौतम, उपाध्यक्ष माधव राजपाल, कोषाध्यक्ष शिवजी प्रसाद कलवार, महासचिव आशिष लाठ, सचिव सुशान्त चाचान, प्रेमचन्द्र गोयल, सह–कोषाध्यक्ष अनोज रुँगटा, सह–सचिव निरज अग्रवाल र नरेश कुमार अग्रवाललाई आज संघका कर्मचारीहरुले माला, खादा तथा टिका लगाई विधिवत रुपमा स्वागतका साथै नवनिर्वाचित अध्यक्ष अग्रवालबाट पुस्तिकामा हस्ताक्षर समेत गरिएको थियो ।

कार्यक्रमको सहजीकरण वीगंज उद्योग वाणिज्य संघका प्रशासकिय अधिकृत मनोज उपाध्यायले गर्नु भएको थियो भने धन्यवाद ज्ञापन सुनिल कण्ठले गर्नु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता
मुख्य समाचार

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता

प्रकाशित : २०७९ चैत्र २०,सोमबार
पर्सामा निर्वाचनको सबै तयारी पूरा
मुख्य समाचार

पर्सामा निर्वाचनको सबै तयारी पूरा

प्रकाशित : २०७९ चैत्र २०,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद