बारा र पर्सामा विहीबार रामनवमीको अवसरमा विभिन्न हिन्दूवादी सङ्घसंस्थाहरूले विशाल जुलुस तथा शोभायात्रा निकालेका छन् ।
रामनवमीको अवसरमा विभिन्न हिन्दू धर्मको आयोजनामा बाराको जितपुरसिमरा तथा पर्साको विरगंज नारायणी रंगशालाबाट शुरू भएको शोभयात्रा वीरगंज परिक्रमा गरी समापन भएको छ । जुलुसमा हिन्दू धर्मावलम्बीहरूको उल्लेख्य सहभागिता रहेको थियो । जुलुसमा सहभागीहरूलाई प्रसाद तथा भोजनको व्यवस्था गरेका थिए ।
त्यसैगरी, वीरगंजमा सक्रिय विभिन्न हिन्दूवादी सङ्घ, सङ्गठनहरूले पनि छुट्टाछुट्टै जुलुस निकालेका थिए । ‘जय श्रीराम’ अङ्कित झन्डा तथा भगवान् हनुमानको तस्बिरसहितको झन्डा सहभागीहरूले बोकेका थिए । यस्तै विरगंजको गहवामाई मन्दिर र विर्ता मन्दिरमा संध्या आरती गरीको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस