वीरगन्ज । स्वर्गीय पत्रकार नरेश सर्राफको स्मृतिमा स्थापना भएको अक्षयकोषमा रजिया स्मृति प्रतिष्ठानका अध्यक्ष तवरेज अहमदले आर्थिक सहयोग गरेका छन ।
जनता समाजवादी पार्टी पर्सा सचिव समेत रहेका उनले नगद ५० हजार नगद अक्षयकोषमा सहयोग गरेका हुन ।
अहमदले सहयोग वापतको रकम नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी र कोषाध्यक्ष संजीव मिश्रालाई हस्तानान्तरण गरेका थिए ।
नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा स्वर्गीय पत्रकार नरेश सर्राफको स्मृति पुरस्कार वितरण कार्यक्रम चलिरहेकै बेला अहमदले सहयोग बापतको नगद हस्तानान्तरण गरेका हुन ।
आफ्नो प्रतिक्रिया दिनुहोस