Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सार्वजनिक जग्गा उत्खनन गर्ने स्काभेटरसहित ४ टिपर महानगरको नियन्त्रणमा 

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र १२,आईतवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,१२ चैत । वीरगञ्ज महानगरपालिकाले सार्वजनिक जग्गामा अवैध उत्खनन गर्ने स्काभेटरसहित ४ वटा टिपर नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २८ दर्दवास्थित गुठीको सार्वजनिक जग्गामा करिब २ महिनाभन्दा अघिदेखि अवैध रुपमा उत्खनन गर्दै आएको सूचनाको आधारमा महानगरको नगर प्रहरीले टिपर र स्काभेटर नियन्त्रणमा लिएको हो । नगर प्रहरी निरीक्षक हरिप्रसाद भुषालकाअनुसार ना ८ ख ४१२५, ना ७ ख ६५९७, ना ७ ख ६६०३ र ना ८ ख५४०३ नम्बरको टिपर र बा २ ख ६२३३ नम्बरको स्काभेटर महानगरले नियन्त्रणमा लिएर वीरगञ्जको आदर्शनगरस्थित बालमन्दिरको परिसरमा राखेको छ ।

महानगर प्रमुख राजेशमान सिंहको निर्देशनअनुसार नगर प्रहरी निरीक्षक भुषालकै नेतृत्वमा दर्दवा पुगेको टोलीले टिपर र स्काभेटर नियन्त्रणमा लिएको हो ।

गुठीको नाममा रहेको सार्वजनिक जग्गालाई आफ्नो सम्पति ठानेर निजी स्वार्थका लागि प्रयोग गर्नेहरुलाई कडा कारवाही गर्नुपर्ने वीरगञ्ज २८ का स्थानीय युवा जितेन्द्र कुमार पटेल बताउँछन् । उनी भन्छन्, ‘यो गुठीको सार्वजनिक जग्गामा केही व्यक्तिहरुले करिब २ महिनादेखि उत्खनन् गरेर माटो बेचीरहेका छन् । उकालो भएको जग्गा पनि खन्नुका साथै समथर भएको जग्गामा पनि खनेर माटो बेचेका छन् । उनीहरु जो भएपनि कारवाही गर्नुपर्छ ।’ कारवाही मात्रै गरेर नपुग्ने बताउँदै उनले अहिलेसम्म खनेको झण्डै २ विघा क्षेत्रफल जमिनको क्षतिपुर्ती पनि व्यहोर्नुपर्ने धारणा राखे ।

दर्दवास्थित नदिको छेउबाट निरन्तर रुपमा उत्खनन भइरहेको हुँदा यसले भविष्यमा आफूहरुलाई जोखिम हुनेमा स्थानीय शेष पटेल चिन्तित छन् । उनी भन्छन्, ‘अहिले जथाभावि रुपमा जग्गा उत्खनन् गर्दा पछि हाम्रै घरखेतमा पनि नदि बग्न सक्छ, छेउमै भएको नदिको पानीले घरखेत डुबाउनुका साथै वर्षायाममा बाढीको डर हुने भयो । अब जसरी हुन्छ यसलाई रोक्नुप¥यो ।’ सार्वजनिक सम्पती कुनै एक व्यक्तिको मात्रै नभएर सबैले जोगाउनुपर्ने स्थानीय पटेलको भनाई छ ।

गुठीको जग्गालाई हडप्न खोजेकोप्रति आपत्ती जनाउँदै स्थानीय नवराज गिरी पनि सार्वजनिक जग्गामा उत्खनन् गर्न नमिल्ने बताउँछन् ।

यसअघि पटकपटक प्रहरी चौकी परवानीपुरलाई खबर गर्दा पनि कुनै पहल नचालेको हुँदा यसमा प्रहरीको पनि मिलेमतो भएको हुन सक्ने स्थानीय विक्रम पटेलको आशंका छ । परवानीपुर प्रहरीले बेवास्ता गरेपछि महानगर प्रमुखलाई खबर गरेको बताउँदै पटेलले महानगरले खबर पाउने बित्तिकै टिपर र स्काभेटर नियन्त्रणमा लिएको भन्दै सह्राना गरे । साथै उनीहरुलाई कारवाही गरी क्षतिपुर्ती माग गर्नुपर्ने पटेलको भनाई छ । महुवन गुठीको नाममा रहेको जग्गा व्यक्तिगत स्वार्थपुर्तीका लागि प्रयोग भइरहेको उनले बताए । उनले भने, ‘यहाँ कसैले माटो उत्खनन् गरेर प्रति टिपर १५ सयदेखि ३ हजार रुपैयाँसम्म बेचीरहेका छन् भने कसैले त्यही जग्गामा पोखरी खनेर माछापालन गरीरहेका छन् ।’ पटेलकाअनुसार १२ बिघा क्षेत्रफलको जग्गामा पोखरी खनेर माछापालन गरिएको छ । यसमा गुठीका हाकिमहरुको पनि मिलेमतो भएको पटेलको आरोप छ ।

नियन्त्रीत टिपरको चालककाअनुसार उक्त माटो खन्ने कामको ठेक्का चन्द्रिका पटेल नाम गरेका व्यक्तिले लिएका छन् । यद्यपी अहिलेसम्म टिपर र स्काभेटर नियन्त्रणमा लिँदा कसैले पनि रोकतोक तथा दावी गर्न नआएको नगर प्रहरी प्रमुख भुषालले बताए ।

महानगरले केही साता यता सार्वजनिक जग्गाको अतिक्रमण हटाउने अभियान चलाएको बताउँदै महानगर प्रमुख राजेशमान सिंहले सार्वजनिक जग्गा व्यक्तिगत रुपमा प्रयोजन गर्नेलाई कारवाही गर्ने चेतावनी दिए । साथै उनले महानगरका अन्य क्षेत्रमा पनि सार्वजनिक वा गुठीको जग्गा दुरुपयोग भएको वा अतिक्रमणमा परेको भए महानगरलाई खबर गर्न पनि आग्रह गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
मुख्य समाचार

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०७९ चैत्र १२,आईतवार
अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री  वितरण
मुख्य समाचार

अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

प्रकाशित : २०७९ चैत्र १२,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद