वीरगञ्ज,१२ चैत । पर्साको जीराभवानी गाउँपालीकाले सरकारी बजेटको दुरुपयोग गरेको आरोप लागाउदैँ वडा नम्बर एक का स्थानीयबासीले गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत जयचन्द्र शाह लाई आज ज्ञापन पत्र बुझाएका छन् । गाउँपालीकाले एकै ठाउँमा दुई पटक सम्म आवश्यकता भन्दा धेरै बजेट बिनियोजन गरी राज्यको ढुकुटी रिताउन खोलेको जीराभवानी गाउँपालीका जसपा अध्यक्ष नेसार समाने आरोप लगाउनु भएको छ।
गाउँपालीकाले वडा नम्बर एक को सामुदायिक भवन नजीक रहेको मन्दीर परीसर लगाए अन्य ठाउँमा पनि दुई-दुई पटक बजेट छुट्याई माटो पुरी ग्रावेल गर्दा आवश्यकता भन्दा बढी बजेट छुट्याएको र सरकारी बजेट अनियमितता गरेको ध्यानाकर्षण पत्रमा स्थानीयबासीले उल्लेख गरेका छन् । स्थानीय बासीले बिकास निर्माणमा आवश्यक अनुसार मुल्यांकन गरि सहि काम गर्न गराउन समेत आदेश दिनु पर्ने माग गरेका छन् ।





