Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

गाइको मासु विक्री हुने विज्ञापन राखेपछि वीरगञ्जमा चल्यो चिकेन स्टेशन बायकट अभियान

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र १२,आईतवार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,१२चैत । वीरगञ्जको लोहारपट्टी रोडमा सञ्चालित चिकेन स्टेशन नामक रेस्टुराँलाई वहिष्कार (बायकट) गर्ने अभियान सुरु भएको छ ।

रेस्टुराँले आफ्नो आधिकारीक फेसबूक पेजबाट आपत्तीजनक पोस्ट सेयर गरेपछि वीरगञ्जमा रेस्टुराँलाई बायकट गर्ने अभियान सुरु भएको हो । वीरगञ्जमा स्थानीय युवाले सामाजिक सञ्जाल मार्फत चिकेन स्टेशनका सञ्चालकहरुमाथि कानूनी कारवाही गर्न र रेस्टुराँलाई बायकट गर्ने अपिल गरिरहेका छन् ।

चिकेन स्टेशन वीरगञ्जले इस्लाम धर्मावलम्बीको एक महिने पर्व रमदानको अवसरमा फेसबूक मार्फत ‘बीफ कबाब’ मा १० प्रतिशत छुटको विज्ञापन राखेको थियो । हिन्दू धर्ममा देवी मानिएको तथा नेपालको राष्ट्रिय जनावरसमेत रहेको गाईको मासु अर्थात बिफ विक्री भइरहेको रेस्टुराँले विज्ञापन राखेपछि युवाहरुले विरोधमा बायकट अभियान चलाएका हुन् ।

रेस्टुराँले आफ्नो फेसबूक पेजबाट उक्त विज्ञापन हटाएर भूलवस राखिन गएको भन्दै माफी पनि मागिसकेको छ । तर विज्ञापनको स्क्रिनसट राखेर सामाजिक सञ्जालमा युवाहरुले रेस्टुराँलाई बायकट गर्न र सञ्चालकहरुमाथि कानूनी कारवाही गर्न माग गरिरहेका छन् ।

एउटै किचेनमा कुखुराको मासु र त्यहीँ किचेनमा गाइको मासु?’ भन्दै सञ्चारकर्मी राजन रौनियारले प्रश्न गरेका छन्, ‘आज देखि चिकेन एस्टेसनलाई मैले बहिस्कार गरेँ । चिकेन स्टेशन त्यहि भाडालाई प्रयोग गरि अन्य कुन-कुन पकवान बनाइ हिन्दूहरुलाई खुवाउने होला?’

यता जिल्ला प्रहरी कार्यालयले रेस्टुराँमा छापामारी गरेर त्यहाँबाट विभिन्न खाद्या सामग्री जफत गरेको छ । बिफ कबाब विक्री भइरहेको जानकारी पाए लगतै पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कोमल विक्रम शाहले रेस्टुराँमा छापामारी गर्दै त्यहाँ रहेका खाद्या सामग्रीको जाँच गर्न आदेश दिएका थिए । एसपी शाहका अनुसार छापामारीका क्रममा रेस्टुराँमा विज्ञापनमा भनिएको जस्तो बिफ कबाब अर्थात गाईको मासु फेला परेन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०७९ चैत्र १२,आईतवार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०७९ चैत्र १२,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद