वीरगञ्ज । पर्सामा बाघको आक्रमणबाट एक जना गम्भिर घाइते भएका छन् । पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ निवासी सुदामा महतो बाघको आक्रमणबाट गम्भिर घाइते भएका हुन् ।
दाउरा लिन जंगलमा गएको समयमा महतोलाई बाघले आक्रमण गरेको हो । आक्रमणबाट गम्भिर घाइते भएका महतोलाई श्रीपुर पँचगावास्थित गादीमाई पोलि क्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारका लागि नारायणी अस्पतालमा रिफर गरिएको छ ।
वडा नम्बर २ का वडाअध्यक्ष बिजय गैह्रेले नै एम्बुलेन्सको व्यवस्था गरी उपचारका लागि केही रकमसमेत दिएर थप उपचारका लागि पठाएका छन् । उनकाअनुसार महतोलाई घाँटीको भागमा बाघले आक्रमण गरेको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस