वीरगञ्ज – वीरगञ्जको ठाकुरराम क्याम्पसमा विद्यार्थीहरुले बुधबार दिउँसो टायर बालेर विरोध प्रदर्शन गरेका छन्।
स्ववियु निर्वाचन गराउनुपर्ने माग गर्दै विद्यार्थीहरुले टायर बालेर विरोध प्रदर्शन गरेका हुन्। उनीहरुले क्याम्पस प्रशासनविरुद्ध नाराबाजी गरेका छन्।
टायर बालेको थाहा पाएपछि क्याम्पस पुगेको प्रहरी टोलीले आगो निभाएको पर्साका प्रहरी प्रवक्ता डिएसपी दिपक गिरीले जानकारी दिए। त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन हुन नसकेका क्याम्पसमा तत्काल निर्वाचन प्रक्रिया अघि बढाउन पत्राचार गरेको छ।
पत्रमा ठाकुरराम क्याम्पसमा पनि रोकिएको स्ववियु निर्वाचन गराउन भनिएको छ।
‘यही चैत ५ गते स्ववियु निर्वाचन कार्य सम्पन्न हुनुपर्नेमा त्यस क्याम्पसमा के कति कारणले निर्वाचन हुन नसकेको होरु तत्काल क्याम्पसका सम्बद्ध पक्षसँग समझदारी कायम गरी तत्काल स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन गरिन्छ,’ पत्रमा भनिएको छ।
© 2024