Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सामा चितुवाकाे आक्रमणबाट एक प्रहरी सहित तीन जना घाइते

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र ८,बुधबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज ,८चैत । पर्साकाे पाेखरियामा चितुवाकाे आक्रमणबाट एक प्रहरी सहित तीन जना घाइते भएका छन् ।घाइते मध्ये एक जनाकाे अवस्था गम्भीर छ ।

मंगलबार मध्यराति जंगलबाट गाँउमा छिरेकाे चितुवाकाे आक्रमणबाट पाेखरिया नगरपालिका वडा नम्बर ५ सतवरियाका जाेगिन्द्र साह तेली, वडा नम्बर ४ का दिल महम्मद मियाँ र इलाका प्रहरी कार्यालय पाेखरियामा कार्यरत प्रहरी जवान सुचिन्द्र प्रसाद यादव घाइते भएका हुन् ।

सतवरिया स्थित गँहु बारि हुँदै गाउँमा छिरेकाे चितुवाले स्थानियलाई आक्रमण गरि घाइते बनाउन थालेपछि नियन्त्रणमा लिन प्रहरीकाे टाेली जाँदा प्रहरी जवान यादवलाई पनि आक्रमण गरि घाइते बनाएकाे हाे ।

गम्भीर घाइते मियाँकाे पाेखरिया अस्पतालमा प्राथमिक उपचार गरि थप उपचारका लागि वीरगन्ज पठाइएकाे इलाका प्रहरी कार्यालय पाेखरियाले जनाएको छ।अरु दुई जना घाइतेकाे भने पाेखरिया अस्पतालमै उपचार भइरहेको छ ।

आक्रमणकारी चितुवा अहिले पनि गाँउकै एक गाेठमा लुकेर बसेकाले नियन्त्रणका लागि बुधबार बिहान ९ बजेतिर डिभिजन वन कार्यलयकाे टाेली पुगेर नियन्त्रणकाे प्रयास गरिरहेकाे स्थानीय शैलेस गुप्ताले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०७९ चैत्र ८,बुधबार
खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते
मुख्य समाचार

खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते

प्रकाशित : २०७९ चैत्र ८,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद