वीरगंज,०७ चैत । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. ४ जगरनाथपुरमा रहेकाे श्री ने.रा. आधारभुत माध्यमिक विद्यालयमा साेमबार एक कार्यक्रमकाे बिच चार काेठे भवनकाे शिलान्यास गरिएकाे छ ।
राष्ट्रपति शैक्षिक सुधार योजना अन्तर्गतको रु ४५ लाखकाे लागतमा निर्माण हुने भवनकाे नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि एवम् स्थानीय अगुवा रामदेव प्रसाद चौहानले शिलान्यास गरेका हुन् ।
विद्यालय भवनकाे शिलान्यस गर्दै चाैहानले समयमा निर्माण कार्य पुरा गर्न आग्रह गरे । उनले भवन निर्माण भएपछि विद्यालयमा कक्षा कठाकाे समस्यमा कमि आउने वताए ।
विद्यालयका प्रधानाध्यापक चन्देश्वर यादवकाे अध्यक्षतामा भएकाे शिलान्यास कार्यक्रममा जग्गा दाता सतेन्द्र चौहान, ई. प्रमोद राम , वडाध्यक्ष प्रभु नुनिया, शिक्षक सुरेन्द्र चौहान, ने.बि.संघको गाउँपालिका सभापति मन्जय गिरी लगयात स्थानीयहरुकाे उपस्थिती रहेको थियो ।