Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जगदम्बा सिमेन्ट्सद्वारा पर्सा प्रहरीलाई २ सय थान रोड डिभाइडर (कोन्) हस्तान्तरण

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र ४,शनिबार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, ०४ चैत । शुभ श्री जगदम्बा सिमेन्ट्स प्रा.लि. ले पर्सा प्रहरीलाई रोड डीभाइडर (कोन्) हस्तान्तरण गरेको छ ।

वीरगञ्जमा हुँदै आएको ट्राफिक र सवारीसाधन व्यवस्थापनमा सहयोग गर्नका निमित्त वीरगञ्ज महानगरपालिकाको साहयतामा शुभ श्री जगदम्बा सिमेन्ट्स प्रा.लि. ले पर्सा प्रहरीलाई २ सय थान रोड डिभाइडर हस्तान्तरण गरेको हो ।

सिमेन्ट्सका ब्राण्ड प्रबन्धक विवेक सिंहले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा शुक्रबार एक कार्यक्रमका बीच प्रहरी निरीक्षक मणिराम थापालाई डीभाइडर हस्तान्तरण गरेका थिए ।

वीरगञ्जमा सवारी साधनको बढ्दो चापको समुचित व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणको आवश्यकतालाई ध्यानमा राख्दै रोड डिभाइडर हस्तान्तर गरि सहयोग गरिएको ब्राण्ड प्रबन्धक सिंहले बताए ।

हस्तान्तरण गरिएका रोड डीभाइडरहरु वीरगञ्जको ड्राईपोर्ट, घण्टाघर, परवानीपुर, गण्डक, लगायतका स्थानमा राखिने प्रहरी निरीक्षक थापाले बताए । सडकको बीचमा राखिने रोड डिभाइडरले सवारी साधनहरुलाई व्यवस्थित रुपले ओहोर दोहोर गर्न सहज हुने र जाम/दुर्घटना आदिको जोखिम कम हुने गरेको थापाको भनाई छ ।

सामाजिक कार्यमा अग्रसर रहँदै आएको शुभ श्री जगदम्बा सिमेन्ट्स प्रा.लि यसअघि पनि यस्ता सामाजिक क्रियाकलापहरु गर्दै आएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

भ्रष्टाचार आरोपबाट जोगिन र छानबिन प्रभावित पार्न आनन्द लामिछानेको राजीनामा प्रपञ्च
मुख्य समाचार

भ्रष्टाचार आरोपबाट जोगिन र छानबिन प्रभावित पार्न आनन्द लामिछानेको राजीनामा प्रपञ्च

प्रकाशित : २०७९ चैत्र ४,शनिबार
जनजीविकाका समस्या समाधान गर्न सरकारसँग पर्साका कम्युनिस्ट पार्टीको माग
मुख्य समाचार

जनजीविकाका समस्या समाधान गर्न सरकारसँग पर्साका कम्युनिस्ट पार्टीको माग

प्रकाशित : २०७९ चैत्र ४,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद