वीरगञ्ज,०२ चैत । प्रदेश सांसद रमेश कुर्मीको दादागिरी देखाउँदै रोक्न खोजेको तटबन्धको काम स्थानीयको दबाबपछि सुरु भएको छ ।
वीरगञ्ज महानगरपालिकाको वडा नम्वर १ बजार छपकैयाँ स्थित श्मसान घाटमा सिर्सिया नदी तटबन्धनको काम रोक्न प्रदेश सांसद कुर्मीले उपभोक्ता समितिलाई दादागिरी देखाउँदै रोक्न खोजे पनि स्थानीयको दबाबपछि पुनः सुरु भएको हो ।
बुधबार निर्माणको जिम्मा लिएको श्रीसिया खोला नदी निर्माण नियन्त्रण उपभोक्ता समितिका पदाधिकारीलाई प्रदेश सांसद कुर्मीले घरैमा बोलाएर अभद्र व्यवहार गर्नुका साथै तथानाम गाली गर्दै काम रोक्न लगाएको भए पनि बिहीबार स्थानीय बासिन्दाको दबाबमा फेरि काम सुरु भएको हो ।
जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय वीरगञ्जका इन्जिनियर तथा स्थानीय बासिन्दाले काम सुरु गर्ने बारे बिहीबार बिहान प्रदेश सांसद कुर्मीलाई निर्माण स्थलमा बोलाए पनि नआएपछि काम अघि बढाइएको हो ।
४० लाखको लागतमा बैशाख १५ गते भित्र निर्माण सम्पन्न गर्ने गरी श्रीसिया खोला नदी निर्माण नियन्त्रण उपभोक्ता समितिले काम गरिरहेको छ ।
नदीमा ३ मिटर लन्चिङ र त्यसमाथी ३ लेयर बाँध उठाउने गरी काम भइरहेको कार्यालयका सब इन्जिनियर सत्यनारायण गोइतले जानकारी दिए ।
आडैमा रहेको श्मसान घाट बचाउन नदीमा तटबन्ध गर्न लागिएकाले कसैले भन्दैमा काम नरोकिने स्थानीय बताउँछन् ।
कुर्मी सोही क्षेत्र निर्वाचित प्रदेश सांसद हुन् ।