Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home स्थानिय

सिर्सियामा तटबन्ध गर्न प्रदेश सांसद कुर्मी बाधक, स्थानीयको दबाबपछि काम सुरु

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र २,बिहीबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,०२ चैत । प्रदेश सांसद रमेश कुर्मीको दादागिरी देखाउँदै रोक्न खोजेको तटबन्धको काम स्थानीयको दबाबपछि सुरु भएको छ ।

वीरगञ्ज महानगरपालिकाको वडा नम्वर १ बजार छपकैयाँ स्थित श्मसान घाटमा सिर्सिया नदी तटबन्धनको काम रोक्न प्रदेश सांसद कुर्मीले उपभोक्ता समितिलाई दादागिरी देखाउँदै रोक्न खोजे पनि स्थानीयको दबाबपछि पुनः सुरु भएको हो ।

बुधबार निर्माणको जिम्मा लिएको श्रीसिया खोला नदी निर्माण नियन्त्रण उपभोक्ता समितिका पदाधिकारीलाई प्रदेश सांसद कुर्मीले घरैमा बोलाएर अभद्र व्यवहार गर्नुका साथै तथानाम गाली गर्दै काम रोक्न लगाएको भए पनि बिहीबार स्थानीय बासिन्दाको दबाबमा फेरि काम सुरु भएको हो ।

जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय वीरगञ्जका इन्जिनियर तथा स्थानीय बासिन्दाले काम सुरु गर्ने बारे बिहीबार बिहान प्रदेश सांसद कुर्मीलाई निर्माण स्थलमा बोलाए पनि नआएपछि काम अघि बढाइएको हो ।

४० लाखको लागतमा बैशाख १५ गते भित्र निर्माण सम्पन्न गर्ने गरी श्रीसिया खोला नदी निर्माण नियन्त्रण उपभोक्ता समितिले काम गरिरहेको छ ।

नदीमा ३ मिटर लन्चिङ र त्यसमाथी ३ लेयर बाँध उठाउने गरी काम भइरहेको कार्यालयका सब इन्जिनियर सत्यनारायण गोइतले जानकारी दिए ।

आडैमा रहेको श्मसान घाट बचाउन नदीमा तटबन्ध गर्न लागिएकाले कसैले भन्दैमा काम नरोकिने स्थानीय बताउँछन् ।

कुर्मी सोही क्षेत्र निर्वाचित प्रदेश सांसद हुन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०७९ चैत्र २,बिहीबार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०७९ चैत्र २,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद