Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बीरगन्ज वडा न १९ मा १६ विगहा सार्वजनिक जग्गा अतिक्रमण हटाईयो, मेयर सिंहले गरे स्थलगत अनुगमन 

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र १,बुधबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, ०१ चैत । वीरगञ्ज महानगरपालिकाले १६ विगहा अतिक्रमित सार्वजनिक जग्गा खोजि गरि नक्शाङ्गन गरेको छ ।

सोमबार बीरगन्ज वडा नम्बर १९ मा ५ विघा ७ कट्ठा जग्गा , मंगलबार ७ विघा जग्गा गरि १२ बिगहा ७ कठ्ठा अतिक्रमित सार्बजनिक जग्गा आफ्नो नियन्त्रणमा ल्याएको थियोे र बुधबार ४ बिगहा थप अतिक्रमित जग्गाको पहिचान भएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिनुभएको छ । अतिक्रमित जग्गाको थप खोजी गर्न प्राविधिक को समूह खटाएर पहिचान गर्ने र त्यसको घेरा गरि संरक्षण गरिने पौडेलले बताए ।

बुधबार बीरगन्ज महानगर पालिकाको नगर प्रमुख राजेश मान सिंहले अतिक्रमित जग्गाको स्थलगत अनुगमन गर्नु भएको छ । सिंहले अतिक्रमित जग्गाको अनुगमन पछि GPS प्रबिधि बाट नाप नक्शा छुट्टयाइ घेरा गर्ने र थप अतिक्रमित जग्गाको खोजी निरन्तर गरिने बताउनु भयो । उहाँले बीरगन्जको आइ सि पी को पश्चिम पट्टि को यो जग्गामा चाडै सार्वजनिक उपयोग मा ल्याउने बताउनु भयो ।

स्थानीय केही व्यक्तिले अतिक्रमण गरेर कब्जामा राखेको जग्गा महानगरले धमाधम आफ्नो नियन्त्रणमा ल्याउने क्रमलाई जारी राखेको छ ।

बुधबार बीरगन्ज महानगर पालिकाको नगर प्रमुख राजेश मान सिंह , प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल ,वडा नम्वर १९ का वडाध्यक्ष मुकेश कुमार चौरसिया , वडा न १७ का वडा अध्यक्ष सन्जु छतकुली , प्रेस सल्लाहकार महेश दास , मेयर को सचिवालयका हरि पोखरेल, सत्यराज घिमिरे सहित प्राविधिकहरु को टोली ले अनुगमन गरेको छ ।

महानगरको टोलीले नापचाँज गरेर सार्वजनिक र निजी जग्गा छुट्याएर तारबारका लागि खन्ने काम समेत गरेको छ ।

सार्वजनिक तथा ऐलानी जग्गा अतिक्रण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएको जग्गा खोजी गर्न महानगरको टोली नक्सा लिएरै संभावित स्थानमा पुगेको हो ।

अतिक्रमण गरेको सार्वजनिक जग्गा छुट्याउन दिनभर नापजाँच गरेर छुट्याउनुका साथै डोजर लगाएर सीमा छुट्याउने काम गरिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

भेट्रान सिटी क्लबद्वारा छात्रावासका बालबालिकालाई सहयोग
मुख्य समाचार

भेट्रान सिटी क्लबद्वारा छात्रावासका बालबालिकालाई सहयोग

प्रकाशित : २०७९ चैत्र १,बुधबार
पूर्ण खोप सुनिश्चितता दिगोपनाका लागि पर्सा घोषणा
Uncategorized

पूर्ण खोप सुनिश्चितता दिगोपनाका लागि पर्सा घोषणा

प्रकाशित : २०७९ चैत्र १,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद