Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनबाट अनिल अग्रवाल अध्यक्षमा निर्वाचित

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन ३०,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,३० फागुन । वीरगन्ज उद्योग वाणिज्य संघको पदाधिकारी सर्वसम्मत चयन भएको छ । ३५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेपछि त्समध्यबाट पदाधिकारी चयन गर्ने विधान अनुसार संघको पदाधिकारीमा सर्वसम्मत चयन गरिएको हो ।

संघका अध्यक्षमा अनिल अग्रवाल पटावारी, बरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्षमा माधव राजपाल, महासचिवमा आशिष लाठ, कोषाध्यक्षमा शिवजी प्रसाद साह कलवार उद्योग सचिवममा सुशान्त चाचान, वाणिज्य सचिव प्रेमचन्द गोयल सर्वसम्मत चयन भएका छन् । त्यस्तै सहकोषाध्यक्ष अनोज रूंगटा, सहसचिवमा नरेश टिवडेवाल र निरज अग्रवाल पनि सर्वसम्मत चयन भएको छ ।

पदाधिकारीहरुका लागि मनोनयन दर्ता गरेकाहरु विरुद्धमा कसैको पनि उम्मेदवारी नपरेपछि सर्वसम्मत चयन भएको मुख्य निर्वाचन अधिकृत बालमुकुन्द खरेलले जानकारी दिनुभयो । मंगलबार मध्यान्ह १२ बजेदेखि दिउँसो २ बजेसम्म पदाधिकारी पदको मनोनयन दर्ता प्रकृया शुरू भएको थियो ।

पदाधिकारीको नामावली प्रकाशन दिउँसो २ः३० बजे र दावी विरोध २ः४५ बजेसम्म तोकिएको थियो । तोकिएको समयभित्रमा एकजना उपाध्यक्षमा दुईजनाको मनोनयन परेको थियो । पदाधिकारीमा आकांक्षीहरु धेरै भएपनि सहमतिमा ल्याउन नेतृत्वपंक्ति सफल भएका छन् ।

दुईजनाको मनोनयन दर्ता भएको उपाध्यक्षमा पनि सहमतिपछि एकजनाले उम्मेदवारी फिर्ता लिएपछि पदाधिकारी निर्विरोध भएको हो । उपाध्यक्षमा माधव राजपाल र अरविन्द अमात्यको उम्मेदवारी परेको थियो । दुवैजनालाई राखेर छलफल गरेपछि अमात्यले मनोनयन फिर्ता लिएपछि पदाधिकारी निर्विरोध भएको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–३ का एमाले उम्मेदवार पाण्डेयको घरदैलो कार्यक्रममा युवाहरुको उत्साहजनक सहभागिता
मुख्य समाचार

पर्सा–३ का एमाले उम्मेदवार पाण्डेयको घरदैलो कार्यक्रममा युवाहरुको उत्साहजनक सहभागिता

प्रकाशित : २०७९ फाल्गुन ३०,मंगलवार
पर्सा–२ मा कांग्रेसको शक्ति प्रदर्शनः अजयकुमार चौरसियाको घरदैलोमा व्यापक जनसहभागिता
मुख्य समाचार

पर्सा–२ मा कांग्रेसको शक्ति प्रदर्शनः अजयकुमार चौरसियाको घरदैलोमा व्यापक जनसहभागिता

प्रकाशित : २०७९ फाल्गुन ३०,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद