वीरगंज, फागुन, २०
नेकपा एमाले परवानीपुर गाउँपालिका वडा नं.५ कमिटी द्वारा आयोजीत होली मिलन समारोह सम्पन्न भएको छ । नेकपा एमाले परवानीपुर गाउँपालिका वडा नं.५ कमिटी अध्यक्ष सिताराम गुप्ताको अध्यक्षता एवं केन्द्रीय सदस्य एवं केन्द्रीय ग्रासरूट प्रतिनिधि क. अरबिन्द सिंहको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । होलि मलिन कार्यक्रममा ४० जना गरीब तथा निमुखा परिवारलाई झुल वितरण गरीएको थियो । तराईका जिल्लामा केहि दिन याता लामखुट्टेको प्रकोप बढो सँगै ४० जना परिवारलाई वितरण गरीएको नेकपा एमालेका युवा नेता उमेश गुप्ताले जानकारी दिनुभयो । कार्यक्रममा नेकपा एमालेका प्रदेश सदस्य चयेन गुरुण ,मोवीन आलम परवानीपुर गाउँपालिका उप प्रमुख सुगान्धी देवी र खेलकुद केन्द्रका सदस्य शिवजी गुप्ता लगायतकाले शभुकामाना मन्तव्य व्यक्त गरेक थिए ।
कार्यक्रममा अतिथीहरुले एकआपसमा अबिर लगाई शुभकामना आदान प्रदान गरेका थिए ।
© 2024