वीरगञ्ज,१९ फागुन । क्रियाशिला युवा पत्रकार मञ्च नेपाल र राष्ट्रिय सरोकार मञ्च नेपालको संयुक्त आयोजनामा आज होली मिलन समारोह सम्पन्न भएको छ । मञ्चका नारायणी अध्यक्ष नन्दकिसोर गोयलको अध्यक्षता एवं वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध कुमार गुप्ताको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा नेपाल पत्रकार महासंघका मधेश प्रदेश सचिव श्याम बन्जारा, केन्द्रिय सचिव दिपेन्द्र चौहान,उद्योगी व्यवसायि अनिल पटलवारी लगायतकाले शभुकामाना मन्तव्य व्यक्त गरेक थिए ।
मञ्चका उपाध्यक्ष आनन्द पटेलले स्वागत गरेको कार्यक्रमको सहजीकरण सचिव बिरेन्द्र साहले गरेका थिए । कार्यक्रममा अतिथीहरुले एकआपसमा अबिर लगाई शुभकामना आदान प्रदान गरेका थिए भने स्कुलका बिद्यार्थीहरु स्थानिय कलाकारहरुले साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।